Friday, June 19, 2026
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास भएको हुन सक्ने बताएका छन्। आज संसदमा आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावका छलफलमा उठेको प्रश्नका जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।

मन्त्री वाग्लेले हालै १ खर्ब बढीको बिगो माग गर्दै आर्थिक विचलनको मुद्दा दायर भएको र त्यसको केन्द्रमा पुँजीबजार, बीमा, स्टक रहेको बताए । देशै हल्लाउने र भित्र भित्रै मक्किसकेको यो ठूलो विचलनलाई सरकारले ट्रयाकमा ल्याउन लागेको उनले उल्लेख गरे ।

अनुसन्धानको दायरा बढ्दै जाँदा म पनि पर्छु कि वा हामी पनि तानिन्छौँ कि भन्ने भय त्रास केही लगानीकर्तामा भएको हुन सक्ने उनले उल्लेख गरे । उनले गुड गभर्नेन्समा निर्मम ढङ्गले अघि बढ्दै जाँदा विगतमा १०-१५ वर्षका आचरणगत निगतगत कुराहरुबाट केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । नियम अनुसार गर्नेहरु सरकारको सारथी रहेकोले डराउनु नपर्ने उनको आशय थियो।

उनले सरकारले घण्टा घण्टाको शेयरबजारको सूचक नहेरेको र युग युगको लागि दुरगामी नीतिमा काम गरिरहेको बताए । बजेट कार्यान्वयन हुन थालेपछि निजी क्षेत्र अत्यन्तै उत्साहित भएर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असार...
spot_img