Sunday, May 3, 2026
spot_img
spot_img

लाजिम्पाटमा खुल्यो नियो स्टोरको प्रिमियम आउटलेट, उद्घाटनको अवसरमा विशेष छुट

spot_img
spot_img

नेपालमा टेक रिटेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित नियो स्टोर (Neo Store) ले लाजिम्पाटमा आफ्नो प्रिमियम आउटलेट संचालनमा ल्याएको छ। आज आइतबार स्टोरको उद्घाटन गरिएको हो ।

प्रिमियम टेक अनुभवलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो स्टोरले नेपालमा टेक रिटेलको नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले उल्लेख गरेको छ। विशाल स्पेस, आधुनिक डिजाइन र सफा प्रिमियम लुकसहित तयार पारिएको लाजिम्पाटस्थित नियो स्टोर केवल किनमेल गर्ने स्थान मात्र नभई प्रविधिलाई नजिकबाट अनुभव, अन्वेषण र मनोरञ्जनका साथ उपभोग गर्न सकिने स्थलका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नियो स्टोरको यो प्रिमियम आउटलेटमा ग्राहकहरूका लागि विशेष सुविधाहरू उपलब्ध गराइनेछ। स्टोरमा नवीनतम कन्सोलसहित ३ वटा इन्टरएक्टिभ गेमिङ स्टेशन, ठूलो स्क्रिनमा गेमिङ तथा मनोरञ्जन अनुभव गर्न सकिने गेमिङ तथा इन्टरटेन्मेन्ट जोन, इन्टरएक्टिभ डेमो, कन्सोल गतिविधि तथा वाक–इन गेमिङ अनुभवको व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार यो स्टोर विशेष गरी गेमर, कन्टेन्ट क्रिएटर तथा प्रविधि रुचाउने सबै वर्गका लागि आरामदायी र रमाइलो वातावरणमा टेक्नोलोजी अनुभव गर्न सक्ने उद्देश्यले तयार पारिएको हो।  उद्घाटनको अवसरमा नियो स्टोरले सीमित अवधिका लागि आकर्षक छुट तथा उपहारहरू प्रदान गर्ने भएको छ। ASUS, HiFuture, Black Shark, Fantech, Belkin, Logitech, Baseus, Imperion, Miccell लगायत विश्वप्रसिद्ध तथा नेपाली ब्रान्डका उत्पादनहरूमा विशेष अफर उपलब्ध हुने कम्पनीले जनाएको छ।

उद्घाटन अवसरमा कम्पनीले १ दिनदेखि १ महिनासम्म लागू हुने सीमित समयका डिलहरू, चयन गरिएका उत्पादन श्रेणीमा पहिला १० ग्राहकलाई विशेष उपहार, ल्यापटप तथा डेस्कटपसहित विभिन्न उत्पादन श्रेणीमा पहिला १०० ग्राहकलाई विशेष अफर, उद्घाटन दिन मात्र उपलब्ध प्रिमियम बन्डल, सरप्राइज गिफ्ट तथा विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img