“सिजी ब्रान्डको दसैं–तिहार योजना” अन्तर्गत सञ्चालित “स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र”को विजेता घोषणा गरेको छ ।
यस योजनामा सहभागी ग्राहकहरूमध्येबाट झापा जिल्ला, बिर्तामोड निवासी केशव खनाल विजेता बन्न सफल भएका छन् । विजेता खनाललाई एक विशेष कार्यक्रमका बीच कम्पनीले ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहार स्वरूप प्रदान गरेको छ ।
सिजी ब्राण्डले लामो समयदेखि नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यले उत्कृष्ट गुणस्तरका साना घरायसी उपकरणहरू उपलब्ध गराउँदै आएको छ । मिक्सर–ग्राइन्डर, जुसर, ब्लेन्डर, कुकर, इन्डक्शन चुलो, फ्यान, हिटर, भ्याकुम क्लिनर, इलेक्ट्रिक केतली, टोस्टर, ग्रिलर र कफी मेकर जस्ता उपकरणहरू सुपथ मूल्य, आकर्षक डिजाइन र दीर्घकालीन कार्यक्षमतासहित बजारमा उपलब्ध छन् ।













