Friday, June 19, 2026
spot_img

माइडियाले नेपालमा सार्वजनिक गर्यो PTC सेरामिक हिटर

spot_img
spot_img

अन्तर्राष्ट्रिय होमअप्लायन्स ब्रान्ड माइडियाले आफ्नो नयाँ 2000W PTC Ceramic Heater (Model: NTH20-22FR) नेपाली बजारमा प्रस्तुत गरेको छ । नेपालमा माइडिया ब्रान्डका उत्पादनहरूको बिक्री तथा वितरण CG Electronics मार्फत हुँदै आएको छ, र यो मोडेल पनि सोही वितरण सञ्जालमार्फत उपभोक्तासमक्ष उपलब्ध गराइएको हो ।

उपलब्ध आधिकारिक फाइल अनुसार, यस हिटरमा PTC Ceramic Heater Technology प्रयोग गरिएको छ। यस मोडेलमा Overheat Protection तथा Tip-over Protection उपलब्ध छ, जसले तापक्रम अत्यधिक हुँदा वा उपकरण ढल्किएको अवस्थामा स्वतः सुरक्षा प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ ।

हिटरमा Multiple Temperature Selection सुविधा दिइएको छ, जसले आवश्यक अनुसार तापमान मिलाउन मद्दत गर्छ। साथै, फाइलमा Wide Angle Oscillation रहेको उल्लेख छ, जसले तातो हावालाई फराकिलो दिशामा प्रवाह गर्न सहयोग गर्छ ।

यस मोडेलमा 24-hour Timer सुविधा रहेको छ, जसले समय सेट गरी सहज रूपमा हिटर सञ्चालन गर्न सकिन्छ। साथै, Eco Mode Setting उपलब्ध गरिएको छ, जुन Energy Saving प्रविधिको रूपमा उल्लेख गरिएको छ ।

यसका साथै, यो मोडेललाई अझ सहज र सुविधाजनक बनाउने विशेष फिचरका रूपमा Remote Control पनि प्रदान गरिएको छ, जसको माध्यमबाट टाढैबाट हिटरका सबै आवश्यक सेटिङहरू सहज रूपमा नियन्त्रित गर्न सकिन्छ ।

उपकरणमा Digital LED Display रहेको र फाइलमा यसलाई Easy to Carry को रूपमा उल्लेख गरिएको छ, जसले यसको पोर्टेबल र हल्का डिजाइनलाई संकेत गर्छ ।

कम्पनीका अनुसार, नेपालभरका CG Digital शो–रुमहरू, CG Electronics डिलर नेटवर्क, तथा प्रमुख E-commerce प्लेटफर्महरू मार्फत माइडियाको नयाँ PTC Ceramic Heater (Model: NTH20-22FR) को बिक्री सुरु गरिएको छ ।

माइडियाका गिजर तथा हीटिङ उत्पादनहरूमा भाग र मोडेलअनुसार दीर्घकालीन वारेन्टी उपलब्ध रहेको र सबै उत्पादनहरू अन्तर्राष्ट्रिय सुरक्षा–मानकअनुसार तयार गरिएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...
spot_img