Friday, June 19, 2026
spot_img

नेपालमा OPPO A6 Pro सार्वजनिक , यस्ता छन् विशेषता

spot_img
spot_img

ओपोले नयाँ ओपो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७०००एमएएच् ब्याट्री, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबूत संरचनासहित, ए६ प्रो ले भरपर्दो र सहज प्रयोग अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ओपो ए६ प्रो ८जीबी + २५६जीबी भेरियन्टमा उपलब्ध छ । फोन स्टेलर ब्लू, र रोजवुड रेड नामक दुई आकर्षक रंगमा आएको यो फोन आधुनिक शैली र प्रिमियम डिजाइन खोज्ने प्रयोगकर्ताका लागि सहज छनोट हुनेछ । ओपो ए६ प्रो नेपाली बजारमा रु. ४०,९९९ मा उपलब्ध छ ।

यस फोनको मुख्य आकर्षण यसकोे ७०००एमएएच् ब्याट्री भएको र यसले भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल, गेमिङ वा व्यस्त दैनिक कामकाज— हरेक उपयोगमा पर्याप्त र स्थिर समय उपलब्ध गराउँने कम्पनीले उल्लेख गरेको छ । साथै, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङले एक घन्टामै पूरा चार्ज हुने क्षमता दिएको छ, जसले मोबाइल प्रयोगलाई झन् निर्बाध बनाउँने कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ ‘ए६ प्रोको संरचना दैनिक चुनौती झेल्न सक्ने गरी मजबुत बनाइएको छ । झट्का–प्रतिरोधी डिजाइन, सुधारिएको आन्तरिक सुरक्षा संरचना, र कडा परिस्थितिमा पनि टिक्न सक्ने सामग्री प्रयोगले यसलाई विभिन्न वातावरणमा सहजतापूर्वक प्रयोग गर्न मिल्ने बनाउँछ । मजबुत बनावट भए पनि, फोनले स्क्रिन डिस्प्ले अनुभवमा कुनै सम्झौता गरेको छैन । यसको १२०हर्ज एमोल्ड डिस्प्ले, १४०० निट्स पिक ब्राइटनेस र पतला बेझेलहरूले भिडियो, गेमिङ वा सामान्य ब्राउजिङ—सबैमा उत्कृष्ट अनुभव प्रदान गर्छ । ओपोकै ट्रिनिटी इन्जिन र ल्युमिनस रेन्डरिङ इन्जिन ले फोनको सरलता, मल्टिटास्किङ र एनिमेसनहरूको सहजता अझै बढाएको छ ।’

कनेक्टिभिटीतर्फ, ए६ प्रोमा रहेको एआई लिंकबुस्ट ३.० ले भीडभाड भएका ठाउँमा वा कमजोर सिग्नल भएको अवस्थामा समेत स्थिर नेटवर्क अनुभव प्रदान गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। गेमिङका लागि विशेष रूपमा अनुकूलित सिग्नल व्यवस्थापनले इन्टरनेट लेग कम गर्ने क्षमता पनि राख्ने कम्पनीको भनाई छ।

समग्रमा, ओपो ए६ प्रो ले लामो समय यटक्ने ब्याट्री, मजबुत संरचना, आधुनिक डिजाइन तथा सहज प्रदर्शनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई भरपर्दो र आत्मविश्वासपूर्ण स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...
spot_img