Friday, June 19, 2026
spot_img

यो वर्ष पनि एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बन्यो भिभो

spot_img
spot_img

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको लागि पनि स्मार्टफोन ब्रान्ड भिभो आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ।  भिभोले यो साझेदारी सम्बन्धी घोषणा आफ्नो र एनपीएलको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू — फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ।

पहिलो संस्करणको उल्लेखनीय सफलता पछि, यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मकताका साथ भोलि मङ्सिर १ देखि प्रारम्भ हुँदैछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले यी २७ दिन नेपाली क्रिकेटको ईतिहासमा नयाँ उत्सवका रूपमा हेरिने अपेक्षा गरिएको छ ।

भिभोले यस साझेदारीमार्फत नेपालमा खेलकुद, विशेष गरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ। अत्याधुनिक प्रविधि, नवाचार र फ्यान–केन्द्रित गतिविधिहरूका माध्यमबाट भिभोले यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ सशक्त, नजिक र जीवन्त बनाउन लक्ष्य लिएको उल्लेख गरेको छ।

यस अवसरमा बोल्दै भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने “एनपीएल भोलिदेखि सुरु हुँदैछ, र हामी यस रोमाञ्चक यात्राको पुनः हिस्सा बन्न पाउँदा अत्यन्त उत्साहित छौं। क्रिकेट नेपालीहरूलाई एकै थलोमा जोड्ने खेल हो, र भिभोले हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएको छ। यस साझेदारीले हामीलाई फ्यानहरूलाई खेलसँग अझ नजिक ल्याउन प्रेरित गर्छ।”

त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भने “एनपीएल नेपाली क्रिकेटरहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च बनेको छ। भिभो जस्तो अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तर सहकार्यले हामीलाई नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन थप ऊर्जा मिलेको छ। भोलिदेखि सुरु हुने दोस्रो सिजनले खेलाडीहरू र फ्यानहरू दुवैका लागि नयाँ प्रेरणा र अवसर ल्याउनेछ ।”

प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल र ग्राउण्ड एक्टिभेशन कार्यक्रमहरू संचालन गर्ने जनाएको छ। जसले फ्यानहरूको संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको लगावलाई थप मजबुत बनाउने कम्पनीले उल्लेख अग्रेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...
spot_img