Sunday, May 3, 2026
spot_img
spot_img

 भिभो भी६० लाईट नेपाली बजारमा आउँदै, के छन् विशेषता ?

spot_img
spot_img

भिभोले चाँडै नै आफ्नो भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विशेषगरी यात्रीहरूको यात्रीहरूलाई लक्षित गरिएको यो फोनमा पोर्ट्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्य फोकस मा राख्ने भनिएको छ ।

भिभोको आफ्नो चर्चित औरा लाईट प्रविधि पनि अब नयाँ एआई औरा लाईट पोर्टेट ३.० मा अपग्रेड हुने अनुमान छ, जसले १००% बढी प्रकाश र अझ ठूलो नर्म इल्युमिनेसन दिने बताइएको छ । यससँगै ५० एम पी सोनी आई एम एक्स ८८२ क्यामराले कम- प्रकाशमा समेत बढी प्रकाश समात्ने, न्वाइज घटाउने र कम – प्रकाशमा समेत विवरण सुरक्षित राख्नेछ, जसले पोर्ट्रेटहरूलाई प्राकृतिक र गहिरो आयाम दिनेछ ।

एआई क्षमतामा पनि उल्लेखनीय सुधार आएको चर्चा छ । भिभो भी६० लाईटको एआई ईमेज स्टुडियोले स्मार्ट टच- अप, अवाञ्छित वस्तु हटाउने सुविधा र विशेषगरी भिभो भी६० सिरिजमा मात्र उपलब्ध हुने भनिएको एआई फोर सीजन पोर्ट्रेट फिचरमार्फत एउटै फोटोमा विभिन्न ऋतुका पृष्ठभूमि सिर्जना गर्नेछ, जसले यात्रा स्मृतिलाई अझ आकर्षक बनाउनेछ ।

डिजाइनमा पनि मिनीमल र प्रीमियम डिजाईन शैली अपनाइएको छ । करिब ७५९ एम एम मात्र मोटाइ भएको यस डिभाइसलाई सजिलै खल्ती वा ट्राभल व्यागमा राख्न सकिनेछ । प्रदर्शनतर्फ, यसमा मीडियाटेक डीमेन्सिटी ७३६० वा स्नापड्रागन ६८५ प्रोसेसर रहने अनुमान छ, जसले गेमिङदेखि दैनिकी प्रयोगसम्म स्मूथ अनुभव दिनेछ । यससँगै ठूलो र इमर्सिभ डिस्प्लेले स्ट्रिमिङ वा गेमिङ गर्ने युवा प्रयोगकर्तालाई लक्षित गर्ने बताइएको छ । साथै, यसको विशाल ६५०० एमएएच ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जले लामो यात्रादेखि निरन्तर प्रयोगमा पनि चार्जको चिन्ता कम गर्ने अपेक्षा गरएिको छ ।

भिभो भी६० लाईटले आफ्नो नेक्स्ट जेन पोर्ट्रेट प्रविधि आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित भी सिरीजलाई नयाँ स्तरमा पुऱ्याउने अपेक्षा गरिएको छ। कम्पनीको अनुसार, यो डिभाइस साहसिक यात्रु र नयाँ अनुभव खोज्ने प्रयोगकर्ताका यो भरपर्दो साथी बन्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img