Friday, November 14, 2025
spot_img

महासंघको विधान संशोधनः अध्यक्षमा प्रत्यक्ष चुनाव, महिला उपाध्यक्ष पद थपियो

spot_img

नेपाल उद्योग वाणिज्य महासंघले अबदेखि प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत अध्यक्ष चयन गर्ने भएको छ । महासंघको कार्यसमिति बैठकले विधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने प्रावधान थप गरेको हो ।

महासंघको हालको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । अब यो प्रावधान संशोधन भएसँगै महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ ।

कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने विशेष साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यस भन्दा अगाडी प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने व्यवस्था थियो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष (अन्जन श्र्ष्ठ) स्वतः अध्यक्ष भएपछि अर्को कार्यकालबाट लागू हुनेछ ।

संशोधित विधानमा वरिष्ठ उपाध्यक्षको संख्या २ जना बनाइएको छ । हाल वस्तुगत, जिल्ला नगर र एसोसियट गरि तीन जना उपाध्यक्ष रहने प्रावधान रहेकोमा अब एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img