Tuesday, August 18, 2026
spot_img

महासंघको विधान संशोधनः अध्यक्षमा प्रत्यक्ष चुनाव, महिला उपाध्यक्ष पद थपियो

spot_img

नेपाल उद्योग वाणिज्य महासंघले अबदेखि प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत अध्यक्ष चयन गर्ने भएको छ । महासंघको कार्यसमिति बैठकले विधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने प्रावधान थप गरेको हो ।

महासंघको हालको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । अब यो प्रावधान संशोधन भएसँगै महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ ।

कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने विशेष साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यस भन्दा अगाडी प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने व्यवस्था थियो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष (अन्जन श्र्ष्ठ) स्वतः अध्यक्ष भएपछि अर्को कार्यकालबाट लागू हुनेछ ।

संशोधित विधानमा वरिष्ठ उपाध्यक्षको संख्या २ जना बनाइएको छ । हाल वस्तुगत, जिल्ला नगर र एसोसियट गरि तीन जना उपाध्यक्ष रहने प्रावधान रहेकोमा अब एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img