‘बाफिया संशोधन विधेयक हुबहु पारित भए ठूलो दुर्घटना निम्तिने जोखिम छ’

spot_img

पूँजीबजार भनेको सम्बन्धित देशको अर्थतन्त्रको अनुहार हो । विदेशका लगानीकर्ताहरु नेपालमा लगानी गर्न आउँदा होस् वा अरु कुनै देशमा जाँदा होस्, उनीहरुले सबैभन्दा पहिला त्यो देशको पूँजीबजार हेर्छन् । ‘स्टक एक्सचेन्ज’ छ कि छैन, छ भने ‘क्यापिटल मार्केट’ले कस्तो ‘पफर्मेन्स’ गरेको छ भन्ने आधारमा बाह्य लगानीकर्ताले लगानी गर्ने कि नगर्ने भन्ने कुराको निष्कर्ष निकाल्ने गर्दछन् ।

विदेशी लगानीकर्ताहरुले नेप्सेको रातो र हरियो हेरेर सम्बन्धित देशको आर्थिक नीति कस्तो छ भन्ने बुझ्दछन् । यसकारण ‘स्टक एक्सचेन्ज’ भनेको ‘इन्डिकेटर’ हो अर्थात् समग्र अर्थतन्त्रको अनुहार हो । यो सेयर बजारलाई हामीले जीवन्त राख्नुपर्छ र बाह्य लगानीकर्ताहरुलाई पनि हाम्रो सेयर बजारले निकै सकारात्मक प्रर्दशन गरिरहेको छ भनेर देखाउन सक्नुपर्छ । तर, बेला बेला के के नियम ल्याएर बजारले ‘पफर्मेन्स’ गर्न सकिरहेको हुँदैन । अहिले पनि बाफिया संशोधनको कुरा आइरहेको छ ।

उद्यमी व्यवसायीहरुको बैङ्कहरुमा लगानी होला, बीमा कम्पनीहरुमा लगानी छ, जलविद्युत कम्पनीमा लगानी बढिरहेको छ । यो सबै कानुनअनुसार निजी क्षेत्रले गरेको लगानी हो । लगानीका लागि आह्वान भएको अवस्थामा र आवश्यकता भएको अवस्थामा लगानी भएको हुन्छ । लगानीका लागि आह्वान गर्ने, लगानी भइसकेपछि तिमीले लगानी गर्‍यौ, अब तिम्रो काम छैन भन्ने खालका नीतिहरु बनाइनु हुँदैन ।

अहिले बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) संशोधनमार्फत कुनै एक वित्तीय संस्थामा १ प्रतिशत वा यो भन्दा लगानी भएको व्यक्तिले कुनै पनि वित्तीय संस्थाबाट कर्जा नै नपाउने खालको प्रस्ताव गरिएको छ । यसले ठूलो दुर्घटना निम्त्याउने जोखिम छ । यस्तो मन्दीका बेला बाफिया संशोधन गरेर जुन प्रावधान राख्न खोजिँदैछ, त्यो भनेको आगोमा घ्यू थप्ने काम मात्रै हो ।

बैङ्कमा २ प्रतिशत, ३ प्रतिशत, ४ प्रतिशत जति नै लगानी भएपनि त्यो व्यक्ति त्यो बैङ्कको कुनै लाभको पदमा बसेको छैन भने त्यस्तो लगानीकर्ता निरिह लगानीकर्ता हो । मानौँ, कुनै बैङ्कको पूँजी ३० अर्ब छ, ३० अर्बको १ प्रतिशत भनेको ३० करोड हो । मानौँ त्यो बैङ्कमा मेरो जम्मा ५० लाख मात्रै सेयर भनेपनि मैले त्यहाँ कारोबार गर्न पाउँदिन ।

यसकारण म त के भन्छु भने, कुनै बैङ्कमा कसैको १ प्रतिशतभन्दा कम संस्थापक सेयर छ, उ कुनै लाभको पदमा बसेको छैन भने त्यही बैङ्कबाट ऋण लिन पाउनुपर्छ । अहिले बाफिया संशोधन गरेर कुनै बैङ्क वित्तीय संस्थामा १ प्रतिशत सेयर हुनेले पूरै नेपालभरीका बैङ्क वित्तीय संस्थाबाट कर्जा लिन नपाउने भन्ने कुरा गरिए पनि त्यो कुनैपनि हालतमा सम्भव छैन । उद्योगी व्यवसायीलाई कर्जा नदिएपछि अर्थतन्त्र चलायमान बनाइदिने चाहिँ कसले त ?

मेरो पनि केही बैङ्कमा थोरै सेयर छ । तर, म बैङ्कको कुनै लाभको पदमा बसेको छैन । यद्यपी, मेरा अरु उद्यम व्यवसायहरुको ‘टन ओभर’ ठूलो छ । साढे ६ हजार जनाले रोजगारी पाएका छन् । म जस्ता साथीहरु धेरै छन् । तर, कतैबाट ऋण नपाउने भन्ने भएपछि उद्यम व्यवसाय कसरी चल्छ ? यसकारण हिजो आवश्यकताले र ऐन कानुन बमोजिम गरेको लगानीलाई देखाएर आज तँ उद्यम ब्यापार गर्नै अयोग्य भन्न मिल्दैन । कि नेपाल सरकारले तिम्रो जति पनि लगानी छ, त्यो लगानी आजको बजार मूल्य अनुसार म किन्छु भन्नुपर्‍यो । संस्थापक सेयर सबै राष्ट्र बैङ्कले किनिदिने हो भने हामी बेच्न तयार छौँ । वा, जति पनि संस्थापक सेयरधनी छन्, उनीहरुलाई बजार मूल्यअनुसार हरेक वर्ष १०/१० प्रतिशतका दरले बेचेर ५ वर्षमा सबै सेयर बिक्रि गरिसक्न दिएपनि हुन्छ ।

(उद्योगी शशिकान्त अग्रवालले बिजनेश पाना डटकमसँग गरेको कुराकानीमा आधारित)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...