Thursday, March 12, 2026

मेलम्चीको पाइप फुटेर सोह्रखुट्टेमा ११ फिटको खाल्डो

spot_img
spot_img

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सोह्रखुट्टे–बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । मेलम्ची आयोजनाको पाइप फुट्दा पानीको फोर्सले सडकमै क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।

खाल्डो परको क्षेत्रलाई घेरा लगाएर दायाँ वायाँबाट मात्रै सवारी साधन चलाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार आज बिहान करिब ६ बजेको समयमा खाल्डो परेको हो । मेलम्चीको ४२ इन्चको पाइप फुटेर पानी बाहिर निस्कदा सो क्षेत्र जलमग्न बनेको छ ।

सो खाल्डोमा बिहान पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो । मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि चालक शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...
spot_img