Friday, November 14, 2025
spot_img

मेलम्चीको पाइप फुटेर सोह्रखुट्टेमा ११ फिटको खाल्डो

spot_img

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सोह्रखुट्टे–बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । मेलम्ची आयोजनाको पाइप फुट्दा पानीको फोर्सले सडकमै क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।

खाल्डो परको क्षेत्रलाई घेरा लगाएर दायाँ वायाँबाट मात्रै सवारी साधन चलाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार आज बिहान करिब ६ बजेको समयमा खाल्डो परेको हो । मेलम्चीको ४२ इन्चको पाइप फुटेर पानी बाहिर निस्कदा सो क्षेत्र जलमग्न बनेको छ ।

सो खाल्डोमा बिहान पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो । मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि चालक शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img