Monday, February 10, 2025
spot_img

कोशी प्रदेशका ८ आयोजना, जसले पार्दैछन् अर्थतन्त्रमा ठूलो प्रभाव

कोशी प्रदेशमा रहेका विभिन्न आयोजना मध्ये ८ वटा त्यस्ता आयोजना छन्, जसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोशी प्रदेशको अर्ध-वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ ले यस्ता आयोजना पहिचान गरेको हो।

यस्ता छन् कोशी प्रदेशमा अवस्थित अर्थतन्त्रमा प्रभाव पार्ने ठूला आयोजना
१. अरुण तेस्रो जलविद्युत आयोजना

अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत अरुण तेस्रो जलविद्युत आयोजना र अरुण तेस्रो जलविद्युत आयोजना प्रसारणलाइन निर्माण गरी दुई वटा आयोजना रहेका छन्। दुईवटा आयोजनाको कुल अनुमानित लागत रु. १ खर्ब ४५
अर्ब रहेको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य वि.सं. २०७५ वैशाखबाट प्रारम्भ भई वि.सं.२०८१ माघसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । कुल विद्युत उत्पादन क्षमता ९०० मे.वा. रहेको यस आयोजनाको २०८० पुस मसान्तसम्मको भौतिक र वित्तीय प्रगति क्रमशः ७३.२० प्रतिशत र ७४.५८ प्रतिशत रहेको छ । यस आयोजनामा स्वदेशी १८७३ र विदेशी १७५३ गरी गरी कुल ३६२६ कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। अरुण तेस्रो जलविद्युत आयोजना ४०० के.भी. प्रसारण लाइन निर्माणको कार्य वि.सं.२०७६ माघबाट प्रारम्भ भई वि.सं. २०८१ माघमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, महोत्तरी जिल्ला अन्तर्गत पर्ने यस आयोजनाको वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः १६.८ प्रतिशत र ५२.२४ प्रतिशत रहेको छ । उक्त आयोजनाबाट स्वदेशी १३९ र विदेशी १७२ गरी कुल ३११ जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

२. कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण

कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण अन्तर्गत ईनरुवा—वसन्तपुर—बानेश्वर—तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजना, तुम्लिङटार–बानेश्वर–वसन्तपुर–इनरुवा २२० के.भी. सवस्टेसन र वसन्तपुर– ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइन र सव–स्टेशन, वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइनको दोस्रो सर्किट र वसन्तपुर सव—स्टेशनमा बे एक्सटेन्सन गरी ४ वटा आयोजनाहरु रहेका छन्।

ईनरुवा—वसन्तपुर—बानेश्वर—तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजनाको निर्माण कार्य सन् २०१६ जुनबाट प्रारम्भ भई २०२२ सेप्टेम्बरबाट सञ्चालनमा आइसकेको छ । तुम्लिङटार—बानेश्वर—वसन्तपुर—इनरुवा गरी ३ वटा सव स्टेशन र १ बे थप्ने कार्य (स्टेप अप डाउन क्षमता ५५० M.V.A. को निर्माण कार्य सन् २०१८ अक्टोवरबाट प्रारम्भ भएको हो जसको कुल अनुमानित लागत २ करोड ६० लाख अमेरिकी डलर रहेको छ । यस आयोजनाको वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक कार्य सम्पन्न भइसकेको छ भने वित्तीय प्रगति ९२.० प्रतिशत रहेको छ । कोशी कोरिडोर अन्तर्गत ३५ कि.मि. लम्बाइ रहेको वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी.प्रसारण लाइन र सव– स्टेसनको निर्माण कार्य सन् २०१८ जुनबाट प्रारम्भ भएको हो। कुल अनुमानित लागत २ करोड १० लाख अमेरिकी डलर रहेको यस आयोजना सन् २०२४ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोमा वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९९.० प्रतिशत र ९१.० प्रतिशत रहेको छ ।

वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी.प्रसारण लाइनको दोस्रो सर्किट र बसन्तपुर सव–स्टेसनमा बे एक्सटेन्सन को निर्माण कार्य २०२२ नोभेम्बरबाट प्रारम्भ भएको हो । कुल अनुमानित लागत नेपाली रुपँया ६६.६ करोड रहेको यस आयोजना सन् २०२४ अप्रिल सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोमा वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ४५.० प्रतिशत र ५२.० प्रतिशत रहेको छ । यस आयोजनामा हाल ५० जनालेप्रत्यक्ष रोजगारी पाइरहेका छन्।

३. कुशाहा—विराटनगर कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजना

यस आयोजनाको निर्माण कार्य आ.व.२०७३÷७४ बाट प्रारम्भ भई आ.व.२०८१÷८२ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको
छ । यस आयोजनाको अनुमानित कुल लागत रु.१ अर्ब ९२ करोड रहेको छ । आयोजनाको वि.सं. २०८० पुस मसान्तसम्मको भौतिक प्रगति ५८.९ प्रतिशत तथा वित्तीय प्रगति ६१.८ प्रतिशत रहेको छ । २३ कि.मि.लम्बाइ भएको १३२ के.भी प्रसारण लाईनको यस आयोजनामा हाल १६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

४. पुष्पलाल मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको कोशी प्रदेश अन्तर्गत कुल लम्बाइ४९३.७ कि.मि. रहेको छ । यो आयोजना दुई खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहेको छ । यस लोकमार्गको पहिलो खण्ड पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर जिल्लामा पर्दछ । आ.व.२०७५÷७६ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्वाई ३८१.७ किलोमिटर तथा कुल अनुमानित लागत रु.१० अर्ब रहेको छ । यस खण्डको वि.सं. २०८० पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ७१ प्रतिशत तथा ७०.३ प्रतिशत रहेको छ ।

त्यसैगरी, यस लोकमार्गको दोस्रो खण्ड खोटाङ, ओखलढुङ्गा र उदयपुर जिल्लामा पर्दछ । आ.व.२०७१÷७२ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्वाई ११२ किलोमिटर रहेको छ । कुल अनुमानित लागत रु.६६ करोड रहेको यस खण्डको आ.व.२०८०÷८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा वि.सं.२०८० पुस मसान्तसम्मको सडकतर्फको भौतिक तथा वित्तीय प्रगति ६५ प्रतिशत रहेको छ । यस आयोजनामा हाल ७०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
छ।

५. हुलाकी राजमार्ग

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशको सप्तरी जिल्ला अन्तर्गत रहेको हुलाकी राजमार्गको कुल
लम्बाइ ३३५ किलोमिटर रहेको छ । यस खण्ड अन्तर्गत २६ वटा पुलहरु रहेका छन्। रु.१६ अर्ब १० करोड अनुमानित
लागत रहेको यस खण्डको आ.व.२०६६÷६७ बाट निर्माण कार्य प्रारम्भ भएकोमा वि.सं. २०८० पुस मसान्तसम्मको
भौतिक तथा वित्तीय प्रगति क्रमशः ७१.० प्रतिशत तथा ७०.० प्रतिशत रहेको छ । यस आयोजनामा ५०० जनाले
प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

६.  मदन भण्डारी राजमार्ग (भित्रि तराई लोकमार्ग)

कोशी प्रदेशमा मदन भण्डारी राजमार्गको दुई खण्डमा निर्माण कार्य भइरहेको छ । यस राजमार्गको पहिलो खण्ड सुनसरी, मोरङ, झापा र इलाम जिल्लामा पर्दछ । आ.व.२०७६÷७७ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्बाई १३० कि.मि. र अनुमानित लागत रु.८ अर्ब १९ करोड रहेको छ । आ.व.२०८१÷८२ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोआयोजनाको वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक प्रगति सडक तर्फ ५२ प्रतिशत तथा पुल तर्फ ९० प्रतिशत रहेको छ भनेवित्तीय प्रगति सडक तर्फ ३८ प्रतिशत र पुल तर्फ ८५ प्रतिशत रहेको छ । यस खण्डमा जम्मा ९६० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। त्यस्तै, लोकमार्गको दोस्रो खण्ड कोशी प्रदेशको उदयपुर र बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्दछ । कुल लम्बाई १३५ कि.मि. रहेको लोकमार्गको यस खण्डको अनुमानित लागत रु.१३ अर्ब १२ करोड रहेको छ । आ.व.२०७३÷७४ बाट निर्माण कार्य प्रारम्भ भई आ.व. २०८०÷८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस खण्डको वि.सं.२०८० पुस मसान्त सम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९९.० प्रतिशत र ९८.५ प्रतिशत रहेको छ । यस आयोजनामा १८० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

७. कोशी (उत्तर दक्षिण) लोकमार्ग

दक्षिणमा भारतको सीमाना जोगवनीदेखि वसन्तपुर, खाँदबारी हुँदै नेपालको उत्तरी सीमाना किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको यस लोकमार्गको कुल लम्बाई ३०९ कि.मि रहेको छ । यस लोकमार्ग अन्तर्गतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना निर्माण कार्यको प्रारम्भ आ.व.२०६९÷७० बाट भएको हो । कुल लम्बाइ ४९ कि.मि रहने यस ६ लेन सडक आयोजनाको कुल अनुमानित लागत रु.१० अर्ब ९८ करोड रहेको छ । आ.व. २०८१÷८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा यस आयोजनाको वि.सं.२०८० पुस मसान्त सम्मकोभौतिक तथा वित्तीय प्रगति क्रमशः ८९.० प्रतिशत र ८२ प्रतिशत रहेको छ । यस आयोजनामा ३० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

यस लोकमार्गको संखुवासभा जिल्लाको खाँदबारीदेखि उत्तरी सीमा किमाथांकासम्मको कोशी कोरिडोर सडक आयोजनाको कुल लम्बाइ १६२ कि.मि. रहेको छ । आ.व.२०६५÷६६ बाट निर्माण कार्य प्रारम्भ भएको यस आयोजनाको कुल अनुमानित लागत रु. ११ अर्ब ९३ करोड रहेको छ । आ.व.२०८३÷८४ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ४४.० प्रतिशत र ४२.७ प्रतिशत रहेको छ । यस आयोजनामा ११ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

८. प्रदेश गौरवको आयोजना ः विराटचोक–घिनाघाट सडक आयोजना

कोशी प्रदेशको प्रदेश गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको निर्माण कार्य आ.व.२०७५÷७६ बाट प्रारम्भ भएको हो । कुल लम्बाई २२ कि.मि. रहने यस ४ लेन सडक आयोजनाको कुल अनुमानित लागत रु.२ अर्ब ५ करोड रहेको छ । यस आयोजनाको १ कि.मी देखि १० कि.मी सम्म, ११ कि.मी देखी २० कि.मी सम्म तथा २१ कि.मी देखि २२ कि.मी सम्म गरी तीन प्याकेज अन्तर्गत निर्माण कार्य भईरहेकोमा दोस्रो प्याकेज अन्तर्गत निर्माण सम्पन्न भई हस्तान्तरण भईसकेको छ भने पहिलो र तेस्रो प्याकेज अन्तर्गतको कार्य निर्माणाधिन अवस्थामा छन् । आ.व.२०८०÷८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको वि.सं.२०८० पुस मसान्तसम्मको पहिलो प्याकेज अन्तर्गत भौतिक तथा वित्तीय प्रगति क्रमशः ८७.५ प्रतिशत र ८४.७ प्रतिशत तथा तेस्रो प्याकेज अन्तर्गत भौतिक तथा वित्तीय प्रगति क्रमशः ८९.० प्रतिशत र ८५.६ प्रतिशत रहेको छ । यस आयोजनाको पहिलो र तेस्रो प्याकेज अन्तर्गत ७४ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...