spot_img

शुक्रबारबाट सुरु हुँदै कोपा अमेरिका, अर्जेन्टिना र युरुग्वेलाई इतिहास रच्ने अवसर

spot_img

जर्मनीमा युरोपेली देश सहभागी युरो कप फुटबल प्रतियोगिता चलिरहेको बेला शुक्रबारदेखि अमेरिकी महादेशका फुटबल हस्तीहरु भिड्ने कोपा अमेरिका फुटबल प्रतियोगिता  सुरु हुन लागेको छ।  यो प्रतियोगिता २०२४ जुलाई १४ तारिखसम्म अमेरिकामा चल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बिहान नेपाली समय अनिसार बिहान ५:४५ बजे अर्जेन्टिना र क्यानडा भिड्दै छन् । अर्जेन्टिना प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने क्यानाडाले  पहिलो पटक कोपा अमेरिका खेल्न लागेको हो ।

यो कोपा अमेरिकाको ४८ औ संस्करण हो । प्रतियोगिता साउथ अमेरिकी फुटबल संघले आयोजना गर्ने गरेको छ।

यस प्रतियोगितामा १६ टिम सहभागी छन् । १६  टिमलाई हरेक समुह ४ वटा देश रहने गरि ४ वटा समुहमा विभाजन गरिएको छ।जसमा  समुह चरणमा हरेक टिमले आफ्नो टिममा रहेका अर्को देशसँग समान १-१ खेल खेल्ने छ । सबै टिमले समुह चरणमा ३ खेल खेलेपछि समुह चरणको शिर्ष २ रहने टिम नकआउटमा पुग्ने छन् ।

कुन देश कुन समुहमा ?

समुह ए : अर्जेन्टिना, पेरु, चिली, क्यानडा

समुह बि :  मेक्सिको, इक्वेडर, भेनेजुएला, जमाईका

समुह सी:  अमेरिका, युरुग्वे, पानामा, बोलिभिया

समुह डि:  ब्राजिल,कोलम्बिया, पाराग्वे, कोस्टारिका

यी मध्ये युरुग्वे सर्वाधिक ४६ औ पटक प्रतियोगिता खेल्दै छ । त्यस्तै अर्जेन्टिना ४४ औ पटक प्रतियोगिता खेल्दै छ । चिली ४१ औ, पाराग्वे ३९ औ, र ब्राजिल ३८ औ पटक  प्रतियोगिता खेल्दै छन् ।

अर्जेन्टिना प्रतियोगिताको सर्वाधिक सफल टिम पनि हो । अर्जेन्टिनाले हालसम्म १५ पटक उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ । युरुग्वेले पनि १५ पटक उपाधि जितेको छ भने ६ पटक उप बिजेता बनेको छ । ब्राजिलले ९ पटक उपाधि जितेको छ भने १२ पटक उपविजेता भएको छ।  पाराग्वे, चिली र पेरुले समान २-२ पटक उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले समान १-१ पटक उपाधि जितेका छन् ।

अर्जेन्टिना र युरुग्वेको उपाधि संख्या हालसम्म समान १५-१५ रहेकोले यी दुई टिमलाई थप १ उपाधि जितेर इतिहास रच्ने मौका एक पटक छ ।  अर्जेन्टिना गत संस्करणको बिजेता टिम हो ।  अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जितेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...