Friday, January 16, 2026
spot_img

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

spot_img
spot_img

विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।

अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए । उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ ।

डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन् । नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नेछन् । विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ ।
निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो ।
अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाई र डेभिडको स्वागत गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र बिदाई गरे ।

देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ । लाडा स्ट्रेलकोवा कार्यकाल सकाएर फर्कन लागेकी छन् भने उनको ठाउँमा प्रिती अरोरा आएकी छन् । बिदाई कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन मार्टिन रेजर सहभागी थिए ।

कार्यक्रममा मन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे । फारिसको कार्यकालमा सुरु भएका प्रयासहरुको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने विश्वास मन्त्री पुनको थियो ।

नेपालमा मंगलबारबाट सुरु हुने विश्व बैंकको आईडीए–२१ बैठकको पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपाल र विश्व बैंकबीचको सहकार्य आगामी दिनमा थप सुदृढ हुने अपेक्षा व्यक्त गरे । फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ थियो । उनले फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिका रुपमा मात्र नभई नेपालको हैतिसी मित्रका रुपमा भूमिका खेलेको उल्लेख गरे । नेपालमा विश्व बैंकको पोर्टफोलियोको विस्तार, वित्तीय, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको स्मरण गरे । यस्तै फारिसले विकास साझेदारहरुबीच समझदारी निर्माण, भूकम्पपछिको पुनःनिर्माण, कोभिड–१९ महामारीको समयमा आपतकालीन सहयोग र खोप कार्यक्रमहरु सञ्चालनका लागि खेलेको भूमिकाको सराहना गरे । अमेरिकी नागरिक फारिस ०७३ असारमा बैंकको नेपाल निर्देशकका रुपमा आएका थिए । त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img