असोजमा ३ कम्पनीले पाए हकप्रद निष्काशन अनुमति, कुनको कति ?

spot_img
spot_img

२०८१ असोज महिनामा तीन वटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएका छन् । हकप्रद निष्काशनको अनुमति पाउनेमा दुई वटा इन्स्योरेन्स कम्पनी र एउटा हाइड्रोपावर कम्पनी रहेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, एनएलजी इन्स्योरेन्स र लिबर्टी इनर्जी कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएका हुन् । नेपाल धितोपत्र बोर्डले यी कम्पनीलाई क्रमश असोज १४, असोज १४ र असोज २३ गते अनुमति प्रदान गरेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५ प्रतिशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् धितोपत्र बोर्डसँग PEVC को लाईसेन्स मागेका ४३ कम्पनी, आज्ञाले पाईसक्यो LOI

नेपाल धितोपत्र बोर्डमा विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको अनुमतिपत्रका लागि...

मन्त्रिपरिषद्को ६ निर्णय : ऋण स्वीकृति, NRIC को हकप्रददेखि अध्यादेशसम्म

आज २०८३ कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न...

नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य...

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको...

वैकल्पिक विकास वित्त कोषको सीईओको लागि ६ जनाको आवेदन स्वीकृत

वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

ह्याकरले सयौं फ्रिज ह्याक गरेर ५० डिग्री पुर्याईदिए तापक्रम, करोडौंको खाद्यान्न क्षति

फ्रान्समा अहिलेसम्मकै अनौठो साइबर आक्रमण भएको छ। फ्रान्सका सयौं...