लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्काशसनको अनुमति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो ।
बोर्डले कम्पनीलाई ७५ लाख कित्ता हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।
हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ । हाल दोस्रो बजारमा यस कम्पनीको सेयर प्रतिकित्ता २८० रुपैयाँको वरिपरी कारोबार भइरहेको छ ।










