Saturday, July 18, 2026
spot_img

२० कम्पनीको १३ अर्ब बढीको हकप्रद आउँदै, सबैभन्दा पहिले कुनको स्वीकृत होला ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत २० कम्पनी नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमतिको पर्खाइमा छ।२० कम्पनीले गरि कुल १३ अर्ब बढीको शेयर निष्काशन गर्ने छन् ।

हकप्रद शेयर निष्काशन अनुमति कुर्ने २० कम्पनी मध्ये अधिकांश हाइड्रोपावर कम्पनी छन् । ११ हाइड्रो कम्पनी यो सूचीमा रहँदा ८ वटा बीमा कम्पनी छन् । बाँकि एउटा भने इन्भेष्टमेन्ट समूहको कम्पनी हो ।

कम्पनीहरुले हकप्रद निष्काशनको लागि अनुमति माग गरेपछि धितोपत्र बोर्डले ति आवेदनको मुल्यांकन गर्छ । मङ्सिर २६ गतेसम्मको विवरण अनुसार २० कम्पनी मध्ये हाल ८ वटा कम्पनी धितोपत्र बोर्डको प्रारम्भिक मुल्यांकनको क्रममा छन् । यो पहिलो चरणको मुल्यांकन हो ।

पहिलो चरणको मुल्यांकनपछि धितोपत्र बोर्डले ति कम्पनीलाई सुधार गर्नु पर्ने विषयबारे कमेन्ट पठाउछ। बोर्डले पहिलो चरणको मुल्यांकन सकेर कमेन्ट पठाएका कम्पनी ५ वटा रहेका छन् । यो दोस्रो चरण हो ।

अन्तिम चरण भनेको बोर्डले पठाएको कमेन्टको कम्पनीले जवाफ दिने र बोर्डले त्यसको जवाफ दिने हुन्छ । यो प्रक्रियामा हाल ७ कम्पनी छन् । ति ७ कम्पनी मध्ये पनि ३ कम्पनीले भने धितोपत्र बोर्डले भनेका सबै विषय सुधार गरेर संशोधित विवरण पत्र पनि धितोपत्र बोर्डमा पठाईसकेका छन् । यो सूचीमा छ्याङदी हाइड्रो, बरुण हाइड्रो र जोशी हाइड्रो रहेका छन् । छ्याङदीले संशोधित विवरण पत्र मङ्सिर १४ मा, र बरुण र जोशीले संशोधित विवरणपत्र मङ्सिर २५ मा मा पठाएका हुन् । यस हिसाबमा सबै भन्दा पहिले छ्याङदी हाइड्रो, बरुण हाइड्रो र जोशी हाइड्रोलाई धितोपत्र बोर्डले हकप्रद निष्काशनको अनुमति दिने सम्भावना देखिन्छ ।  धितोपत्र बोर्डले भनेका सबै विषय सुधार गरेर कम्पनीले पठाएको भए मात्र यी ३ कम्पनीले सुरुमा हकप्रद निष्काशनको अनुमति पाउने देखिन्छ।

हेर्नुस् कम्पनीले निष्काशन गर्न लागेका हकप्रदको विवरण र ति कम्पनी आवेदन मुल्यांकन चरणको अवस्था । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img