Monday, July 13, 2026
spot_img

१० महिनामा वाणिज्य बैंकको खुदनाफा ५६ अर्ब, कुमारी र आरबिबिको सर्वाधिक बढ्यो (सूची)

spot_img

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८३  वैशाखसम्मको अवधिमा कुल ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा १८.१६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुको खुद नाफा ४७ अर्ब ७९ करोड थियो।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६६ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ५ अर्ब १९ करोड, तथा  कुमारी बैंकले ४ अर्ब ४९ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ३३ करोड २९ लाख रहेको छ भने हिमालयन बैंकले ८० करोड २८ लाख खुद नाफा कमाएको छ ।

आर्थिक वर्ष २०८२ वैशाख र २०८३ वैशाख अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा कुमारी बैंकको खुद नाफा सर्वाधिक ८३३.१० प्रतिशतले बढेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ८१.६४ प्रतिशतले बढेको छ भने सानिमा बैंकको खुद नाफा ४३.६६ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८२ वैशाख र २०८३  वैशाखको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ७ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये प्रभु बैंकको खुद नाफा सर्वाधिक ४१.७० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ३०.४४ प्रतिशत घटेको छ। त्यस्तै नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २४.२५ प्रतिशत घटेको छ।

हेर्नुस् आर्थिक वर्ष २०८१/८२ र  २०८२/८३ को पहिलो १० महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ।  

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img