Friday, August 7, 2026
spot_img

२१.४९ प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको खुदनाफा, ईपीएस १७.१९ रुपैयाँ

spot_img

नेपाल एसबिआर्ई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा २१.४९ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकले  रु. १.४६ अर्ब खुद नाफा आर्जन गरेकोे छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा रु. १.२० अर्ब थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब २ करोड रहेको छ।

त्यसैगरि, बैंकले आफ्नो खुद ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा ९.४६% ले वृद्धि गर्दै रु.३५३.५० करोडबाट २०८२ चैत्रको अन्त्यमा रु. ३८६.९४ करोड पुर्याएको छ । त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा २७.४२% ले उल्लेख्य वृद्धि गर्दै रु.१२०.७२ करोडबाट २०८२ चैत्रको अन्त्यमा रु. १५३.८३ करोड पुर्याएको छ । बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात , २०८१ चैत्रको अन्त्यमा १२.४४% बाट वृद्धि गरि २०८२ चैत्रको अन्त्यमा १३.७६% पुर्याएको छ, जुन १३२ आधार बिन्दुको वृद्धि हो ।

बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.३५% बाट घटाएर ४.११% मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२४ आधार बिन्दुले कम हो । साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा १५३ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ चैत्रको अन्त्यमा २.५३% मा ल्याएकोे छ, जुन २०८१ चैत्रको अन्त्यमा ४.०६% रहेको थियो ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८९.५७ रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...
spot_img