Friday, August 7, 2026
spot_img

सानिमा बन्यो रिपोर्ट निकाल्ने पहिलो वाणिज्य बैंक: ४२ प्रतिशतले बढ्यो नाफा, EPS २२.९२ रुपैयाँ

spot_img

सानिमा बैंक चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४२.२३ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोडबाट ५ अर्ब १६ करोड पुगेको छ। कम्पनीको संचालन आम्दानी ६ अर्ब ४ करोडबाट बढेर ७ अर्ब २७ करोड पुगेको छ। कम्पनीको संचालन नाफा २ अर्ब २५ करोडबाट बढेर ३ अर्ब ३२ करोड पुगेको छ ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा १८.५७ रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७९.५५ रुपैयाँ रहेको छ।

१५ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ८ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...
spot_img