Friday, August 7, 2026
spot_img

८ महिनामा वाणिज्य बैंकले कमाए ४३ अर्ब बढी नाफा, कुमारी र सिद्धार्थको सर्वाधिक बढ्यो (सूची)

spot_img

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८२  फागुनसम्मको अवधिमा कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा ०.८९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुको खुद नाफा ४३ अर्ब ४९ करोड थियो।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा  नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ४ अर्ब ६२ करोड, तथा  कुमारी बैंकले ३ अर्ब ६३ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ३० करोड ८२ लाख रहेको छ। त्यस्तै लक्ष्मी सनराइज बैंकले ६५ करोड ४ लाख खुद नाफा कमाउँदा सिटिजन्स बैंकले ८० करोड खुद नाफा कमाएको छ ।

आर्थिक वर्ष २०८१  फागुन र २०८२  फागुनको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा कुमारी बैंकको खुद नाफा सर्वाधिक २७४.६५ प्रतिशतले बढेको छ। त्यस्तै सिद्धार्थ बैंकको खुद नाफा ६८.३१ प्रतिशत तथा कृषि विकास बैंकको खुद नाफा ६५.५६ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८१ फागुन र २०८२ फागुनको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ११ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये लक्ष्मी सनराइज बैंकको खुद नाफा ६७.३६ प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ६२.४० प्रतिशत घटेको छ। त्यस्तै नेपाल बैंकको खुद नाफा ६०.२८ प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा ३१.०७ प्रतिशत घटेको छ।

हेर्नुस् चालु आर्थिक वर्ष २०८१/८२ र  २०८२/८३ को पहिलो ८ महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ।  

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...
spot_img