Friday, August 7, 2026
spot_img

पूर्ण क्षमतामा चल्न थालेसँगै नाफामा गयो मध्य भोटेकोशी, ऋणको किस्ता पनि तिर्न सुरु

spot_img

मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले ६ करोड १२ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ९१ लाख खुद घाटामा थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८१ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले आफ्नो १०२ मेगावाटको आयोजनाबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि मात्र पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । विद्युत बिक्रीबाट आम्दानी हुन थालेसंगै कम्पनी नाफामा गएको हो।

विद्युत बिक्रीबाट आम्दानी हुन थालेसंगै कम्पनीले ऋण पनि तिर्न सुरु गरेको छ।  कम्पनीले आयोजना निर्माणको लागि कर्मचारी संचय कोषबाट ऋण लिएको थियो। जसको ब्याज पुंजीकरण सहितको दायित्व १५ अर्ब ५१ करोड ५७ लाख रहेकोमा कम्पनीले २०८२ पुस मसान्तमा कोषलाई पहिलो किस्ता वापत ५६ करोड ८० लाख ऋण तिरेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको र्पति शेयर आम्दानी २ रुपैयाँ २ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ९४ रुपैयाँ ४४ पैसा रहेको छ। कम्पनीको चुक्ता पुंजी भने ६ अर्ब रहेको छ ।

कम्पनीका अध्यक्ष तुलसीराम ढकाल हुन् हुन् भने प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...
spot_img