Friday, August 7, 2026
spot_img

दोस्रो त्रैमासमा ११ वाणिज्य बैंकको नाफा बढ्यो, ८ वटाको नाफा घट्दा एउटा घाटामा (सूचीसहित)

spot_img

२० वटै वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् ।  प्रकाशित विवरण अनुसार यस अवधिमा ११ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ भने ८ वटा वाणिज्य बैंकको नाफा घटेको छ। एउटा वाणिज्य बैंक भने यस अवधिमा घाटामा रहेको छ।

समीक्षा अवधिमा कुमारी बैंकको खुद नाफा सर्वाधिक ८८६.५० प्रतिशतले बढेको छ भने नेपाल बैंकको खुद नाफा १८३.०४ प्रतिशतले बढेको छ। त्यस्तै सिद्धार्थ बैंकको खुद नाफा १५०.२० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १३२.०४ प्रतिशत तथा नबिल बैंकको खुद नाफा ४६.७१ प्रतिशत बढेको छ।

सबैभन्दा कम नाफा बढ्ने बैंकमा एभरेष्ट बैंक , ग्लोबल आईएमई बैंक र प्राइम कमर्शियल बैंक रहेका छन् ।  यी बैंकको खुदनाफा क्रमश २.०४ प्रतिशत, ६.५० प्रतिशत र ९.२७ प्रतिशत बढेको छ।

यस अवधिमा सिटिजन्स बैंकको खुद नाफा सर्वाधिक ४५.७८ प्रतिशतले घटेको छ भने नेपाल इन्भेष्टमेन्ट  मेगा बैंकको खुद नाफा ४३.०५ प्रतिशतले घटेको छ । त्यस्तै कृषि विकास बैंकको खुद नाफा २६.१२ प्रतिशत तथा प्रभु बैंकको खुद नाफा २४.०८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक भने २७ करोड ३६ लाख रुपैयाँ खुद घाटामा रहेको छ। दोस्रो त्रैमाससम्ममा खुद घाटामा रहनेमा लक्ष्मी सनराइज एक्लो हो ।

समग्रमा दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्ष को यसै अवधिको तुलनामामा ११.५१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा  २७ अर्ब ४३ करोड थियो।

हेर्नुस्  बैंकको खुद नाफा/घाटाको विवरण 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...
spot_img