Friday, August 7, 2026
spot_img

१३.७२ प्रतिशतले बढ्यो ट्रेड टावर लिमिटेडको आम्दानी

spot_img

ट्रेड टावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको आम्दानी १३.७२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधि कम्पनीले ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ। जस मध्ये २ करोड ५ लाख होटेलबाट आम्दानी गरेको छ भने २ करोड ६३ लाख ट्रेड टावरबाट आम्दानी गरेको छ। आघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको कुल आम्दानी ४ करोड १२ लाख थियो।

यस अवधिमा कम्पनीको खर्च ४ करोड ५४ लाखबाट घटेर २ करोड ६५ लाखमा सिमित भएको छ। कम्पनीको ब्याज खर्च १ करोड ४७ लाखबाट घटेर ५१ लाख ८६ हजारमा सिमित भएको छ।

यस अवधिमा कम्पनीको खुद नाफा भने १७ लाख ६३ हजार रहेको छ। अहिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७३ लाख ७८ लाख थियो।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ०.८६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०५.६३ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ८१ करोड ५६ लाख रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...
spot_img