Monday, June 22, 2026
spot_img

पियोर इनर्जीको खुदनाफा ३ करोड १९ लाख, भदौ २४ मा बोलायो साधारणसभा

spot_img
spot_img

पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख खुद घाटामा थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुगेको छ। कम्पनीले १ करोड ५१ लाखको अन्य आम्दानी पनि गरेको छ।   विद्युत बिक्रीको आम्दानी बढेकोको कारण कम्पनीको  नाफामा गएको देखिन्छ।

हालै आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.७० रुपियाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

कम्पनीले भदौ २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने  आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को कम्पनीको वार्षिक वित्तिय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसुचिहरु) उपर छलफल गरि पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै संचालक समिति गठनको प्रस्ताव पनि सभामा पेश हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img