Monday, June 22, 2026
spot_img

६४.४४ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुदनाफा, ईपीएस १९.८० रुपैयाँ

spot_img
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ६४.४४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ अर्ब १० करोड मात्रै थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.५४ प्रतिशतले घटेर १४ अर्ब १२ करोड कायम भएको छ।  यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ५ अर्ब ११ करोडबाट घटेर ५७ करोड ४४ लाखमा सिमित भएको छ । खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेको कारण बैंकको नाफा बढेको देखिन्छ।  कम्पनीको संचालन नाफा ५८.६७  प्रतिशतले बढेर १० अर्ब १४ करोड कायम भएको छ ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा ४९ करोड १३ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी १.४४ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता १.४४ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ।

कम्पनीको चुक्ता पुंजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ३२ अर्ब ७४ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा ४ खर्ब ७२ अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब २६ अर्ब कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९.८० रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १९७.३८ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ५.८५ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img