Tuesday, August 11, 2026
spot_img

३ वर्षपछि समृद्धि फाइनान्स नाफामा, खराब कर्जा उलेख्य घट्यो

spot_img

समृद्धि फाइनान्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको १३ करोड ६१ लाख खुद घाटामा थियो। आर्थिक वर्ष ७८/७९ पछि कम्पनी पहिलो पटक नाफामा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९.१९ प्रतिशतले बढेर ८ करोड ८५ लाख कायम भएको छ। कम्पनीको खुद फि तथा कमिशन आम्दानी ७१ लाख ७ हजारबाट बढेर १ करोड ५२ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको २ करोड ३९ लाख रकम रिभर्स भएको छ ।  इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा, र कम्पनीको खुद ब्याज आम्दानी सहित अन्य आम्दानी बढेको कारण कम्पनी नाफामा गएको देखिन्छ।  कम्पनीको संचालन नाफा १ करोड ९५ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा भने ६२ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।  वितरणयोग्य नाफा ऋणात्मक रहेको कारण कम्पनीले लाभांश दिन सक्ने छैन ।

कम्पनीको चुक्ता पुंजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा २९ करोड ५१ लाख रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ अर्ब ७८ करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब ८३ करोड कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३.९० रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ ६२.११ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २०.२३ प्रतिशतबाट घटेर ९.६६ प्रतिशत कायम भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img

This will close in 0 seconds