Tuesday, August 11, 2026
spot_img

१६१.१३ प्रतिशतले बढ्यो हिमालयन डिस्टिलरीको खुदनाफा, अर्को मदिरा ल्याउने तयारी

spot_img

हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९५ करोड ३२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा १६१.१३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ५० लाख रुपैयाँ मात्र थियो।

यस अवधिमा कम्पनीको संचालन आम्दानी ४ अर्ब १५ करोडबाट बढेर ७ अर्ब २० करोड पुगेको छ । कम्पनीको संचालन नाफा ४८ करोड ३२ लाखबाट बढेर १ अर्ब २८ करोड पुगेको छ।  आम्दानी बढ्दा कम्पनीको नाफा बढेको देखिन्छ ।

कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब १० करोड रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३.६६ रुपैयाँबाट बढेर ३१.०२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार कारखानामा Zero Liquid Discharge जडान भएको उद्योगबाट By- Product को रुपमा उत्पादन हुदै आएको Sludge लाई जनावर तथा पशु, पंक्षी, माछा आदिको एक मूख्य कच्चा पदार्थ (Dry Cake) को उत्पादन सुरु भएको कारणबाट उद्योगको वातावरणीय सूचक (Index) मा सुधार हुनको साथ साथै र उत्पादित Dry Cake बिकीबाट आम्दानी समेत बढ्न गएको छ । स्प्रिट Plant Automation बाट गुणस्तरीय ENA उत्पादन, उत्पादन लागत कमी र उत्पादित स्प्रिट प्रयोग गरी उत्पादन भएका मदिराहरु गुणस्तरीय हुने र उपभोक्ताहरुको रोजाईमा पर्दै आएको विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीले दोस्रो त्रैमासिक अवधि देखि Malt Distillation Unit बाट Malt Spirit उत्पादन शुरु गरेको र उत्पादित माल्ट स्प्रिंट अन्य उद्योगलाई बिक्री वितरण गरी कम्पनीको आम्दानी वृद्धि गर्दै आएको छ । साथै उत्पादित माल्ट स्प्रीट विभिन्न तापमान भएको क्षेत्रमा म्याचुरेशन गर्ने योजना मुताबिक कार्य भई रहेको कम्पनीले जनाएको छ।

कम्पनीका उत्पादनहरु प्रस्तुत वर्ष सम्म नेशनल डिष्ट्रिब्यूटर्सबाट बिक्रीवितरण गर्दै आएकोमा आगमी वर्षको शुरु देखि नै कम्पनीले सिधै नेपालभर डिष्ट्रिव्यूर्टसहरु नियुक्ती गरी आफ्नै बिक्रीतथा मार्केटिङ्ग संयन्त्र मार्फत कार्य गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । यसबाट कम्पनीले उत्पादन गरेका व्राण्डहरु मात्रको बिक्रीवितरणमा ध्यान केन्द्रित भई बिक्री आम्दानी बढ्ने अपेक्षा कम्पनीको छ ।

कम्पनीले उपभोक्ताको चाहानालाई मध्य नजर गरी अर्को एक उच्चकोटीको मदिरा आगमी वर्षको प्रथम त्रैमासिक अवधि देखि नै बजारमा बिक्रीवितरणका लागि ल्याउने तयारी गरी रहेको जनाएको। कम्पनीमा रहेको संचित रकमलाई उपयुक्त क्षेत्रमा लगानी गरी कम्पनीका शेयरधनीहरुलाई मुनाफा बढि वितरण गर्न सकियोस् भनी लगानी सम्बन्धि नीति संचालक समितिबाट पारित गराई लगानी गर्ने उपयुक्त क्षेत्रहरुको खोजी गरी रहेका कम्पनीले जनाएको छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img

This will close in 0 seconds