Monday, June 22, 2026
spot_img

९२ प्रतिशतले बढ्यो सानिमा बैंकको वितरणयोग्य मुनाफा, लाभांश क्षमता कति ?

spot_img
spot_img

सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ७.२५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ अर्ब ३९ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड पुगेको छ।  कम्पनीले सम्भवित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ३१.८० प्रतिशतले बढेर १ अर्ब ८८ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा पनि कम्पनीको संचालन नाफा भने २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड पुगेको छ ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा ९२.१३ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ७ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी २०.४७ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता २०.४७ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ।   अघिल्लो आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड थियो ।

कम्पनीको चुक्ता पुंजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ६ अर्ब ५६ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ खर्ब २३ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ७६ अर्ब कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८.९३ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ३.०१ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...
spot_img