Friday, June 19, 2026
spot_img

घाटामा रहेको नेपाल पुनर्बीमा कम्पनीले कमायो ६ करोड नाफा, अन्य सूचक कस्तो ?

spot_img
spot_img

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले २०८१ असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेको हो ।

प्रकाशित विवरण अनुसार कम्पनीले पहिलो त्रैमासको अवधिमा ६ करोड ३२ लाख ९६ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनी ४७ करोड ५६ लाख खुद घाटामा थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद प्रिमियम संकलन १ अर्ब २८ करोडबाट बढेर १ अर्ब ७७ करोड पुगेको छ । कम्पनीको कुल आम्दानी १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ४० करोड पुगेको छ। यस अवधिमा कम्पनीले १ अर्ब ३६ करोड बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको कुल खर्च भने २ अर्ब २१ करोडबाट बढेर २ अर्ब ३१ करोड पुगेको छ।

यस अवधिमा  कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रहेको छ भने स्पेसल रिजर्भमा ४ अर्ब ४३ करोड रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ०.४७  रुपैयाँ पुगेको छ भने प्रति शेयर  नेटवर्थ १४५.५४ रुपैयाँ पुगेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...
spot_img