Tuesday, April 21, 2026
spot_img
spot_img

२६४ प्रतिशतले बढ्यो इस्टर्न हाइड्रोपावरको खुदनाफा, ईपीएस २ रुपैयाँ

spot_img
spot_img

इस्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २६४.०४ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले १ करोड २३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३३ लाख ९९ हजार मात्र थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९ करोड ३५ लाखबाट बढेर १० करोड ४७ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीको ब्याज खर्च ४ करोड ५ लाखबाट घटेर ३ करोड ९१ लाख मात्र कायम भएको छ। ६२ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने १६ करोड ४१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७३ रुपैयाँ ५२ पैसा रहेको छ।

यस कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला आयोजना निर्माण सम्पन्न गरि २०७६ देखि विद्युत उत्पादन गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img