इस्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २६४.०४ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले १ करोड २३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३३ लाख ९९ हजार मात्र थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९ करोड ३५ लाखबाट बढेर १० करोड ४७ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको ब्याज खर्च ४ करोड ५ लाखबाट घटेर ३ करोड ९१ लाख मात्र कायम भएको छ। ६२ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने १६ करोड ४१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७३ रुपैयाँ ५२ पैसा रहेको छ।
यस कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला आयोजना निर्माण सम्पन्न गरि २०७६ देखि विद्युत उत्पादन गरिरहेको छ ।