Monday, August 24, 2026
spot_img
spot_img

टीम भेन्चर्सद्वारा पहिलोपटक आतिथ्य क्षेत्रमा लगानी, होटेल गरिमाको २७ प्रतिशत शेयर खरिद

spot_img

प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म टीम भेन्चर्सले पहिलो पटक होटल तथा आतिथ्य क्षेत्रमा लगानी गरेको छ। कम्पनीले होटल गरिमा लिमिटेडको २७ प्रतिशत शेयर खरिद गरेको हो।

आज सम्पन्न लगानी सम्झौतामा टीम भेन्चर्सका संचालकहरु बिजय बहादुर श्रेष्ठ र दोर्जे ग्याल्त्सेन लामा तथा होटल गरिमाका संचालकहरु बिनोद पौडेल र सिनेट रिजाल उपस्थित थिए।

होटेल गरिमा लिमिटेडले कोशी प्रदेशको इटहरीमा पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरी संचालन गरिरहेको छ । सोल्टी होटल एण्ड रिसोट समूहबाट ब्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन्। होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, “नुवाड थाई” ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।  हाल यो होटल अन्तिम पाँचतारे प्रमाणीकरण प्रक्रियामा छ र पूर्वी नेपालको अग्रणी आतिथ्य प्लेटफर्म बन्ने लक्ष्यमा छ।

लगानी सम्झौतामा टीम भेन्चर्सका अध्यक्ष केसाङ श्रेष्ठले भने, “यो लगानीले कम्पनीको अर्को चरणको वृद्धिलाई समर्थन गर्नेछ। यसले संस्थागत सुशासनलाई मजबुत बनाउने, विस्तारलाई बढाउने र संस्थागत क्षमता वृद्धि गर्ने अपेक्षा गरिएको छ।”

होटल गरिमाका प्रबन्ध निर्देशक बिनोद पौडेलले भने, “टीम भेन्चर्सलाई इक्विटी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ। यो साझेदारीले संस्थागत पुँजी, अनुभव र विशेषज्ञता ल्याउँछ जसले हाम्रो विस्तार योजनालाई बलियो बनाउनेछ।”

टीम भेन्चर्सका संचालक दोर्जे ग्याल्त्सेन लामाले थपे, “हामी नेपालको पर्यटन इकोसिस्टममा आतिथ्य क्षेत्रका अवसरहरू खोजिरहेका छौं। सोअल्टी वेस्टएन्ड इटहरीले बलियो ब्रान्ड, अनुभवी सञ्चालक र वृद्धिको स्पष्ट सम्भावना बोकेको छ। हामी यसलाई स्केल अप गर्न र संस्थागत आधार मजबुत बनाउन सहयोग गर्नेछौं।”

टीम भेन्चर्स २०१६ मा स्थापित वैकल्पिक लगानी फर्म हो जसले सफा ऊर्जा, कृषि, उत्पादन, प्रविधि तथा मिडिया जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ।  यो साझेदारीले पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...
spot_img