आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २४ गते साधारणसभा बोलाएको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रगति विवरण छलफल गरि पारित गर्ने , आ.व. २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान / हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने , आ.व. २०८२/०८३ का लागि बाह्य लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। सभामा संचालकको भत्ता तथा पारिश्रमिक स्वीकृत गर्ने र संचालक समितिमा ४ सदस्यको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छन् ।
यो कम्पनीले धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्न अनुमति लिएर पीईभीसीको कार्य गरिरहेको छ ।













