Thursday, August 27, 2026
spot_img
spot_img

अवसर इक्विटी फण्डद्वारा लिट्मस इन्डस्ट्रिजमा लगानी

spot_img

अवसर इक्विटी फण्डले लिट्मस इन्डस्ट्रिज लिमिटेडमा लगानीको लागि सम्झौता गरेको छ । सम्झौतामा अवसर इक्विटीका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना र लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले हस्ताक्षर गरेका छन् ।

नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी इक्विटी फण्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्ड बीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको हो। लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले यो साझेदारीले कम्पनी सञ्चालन तथा विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न मद्धत पुग्ने बताए ।

परासीमा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने कम्पनीको विश्वास छ ।

अवसर इक्विटीका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्व गर्नसक्ने र यथास्थितलाई बदल्दै नवप्रवर्तन मार्फत बजारको मागलाई सम्बोधन गर्नसक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण रहेको बताएका छन् ।

अवसर इक्विटी डाइभर्सिफाइड फण्ड, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको रु ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फण्ड हो ।  फण्डमा नेपाल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकको लगानी रहेको छ ।

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । नेपाली तार, केबल तथा कन्डक्टर उत्पादकहरूमध्ये लिट्मस इन्डस्ट्रिज पहिलो र एकमात्र पब्लिक कम्पनी हो । यो कम्पनी सन् २०१४ देखि रमेश कर्पोरेसनको छातामुनि रहेको छ। लिट्मस इन्डिस्ट्रिजले जलविद्युत प्रसारण र वितरणका लागिचाहिने अन्तर्राष्ट्रिय गुणस्तरका केबल तथा कन्डक्टर उत्पादन र आपूर्ति गर्दै जलविद्युत संरचनाविकास र विस्तारमा योगदान पु¥याउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...