बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२९.३४ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले १३ करोड ९८ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड ९ लाख थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३८ करोड ८३ लाखबाट बढेर ४५ करोड ५६ लाख पुगेको छ । कम्पनीको ब्याज खर्च १३ करोड ३७ लाखबाट घटेर १२ करोड ३१ लाख कायम भएको छ ।
कम्पनीको चुक्ता पुंजी १ अर्ब १८ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ ३२ पैसा रहेको छ।









