Wednesday, August 12, 2026
spot_img

गरिमा सुवर्ण योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

spot_img

गरिमा क्यापिटलले निष्काशन गरेको  खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) को इकाईमा आवेदन दिने आज चैत्र ११ गते अन्तिम दिन रहेको छ । क्यापिटलले चैत्र १२ गतेसम्म इकाई बिक्री खुला गर्ने जनाएकोमा माग भन्दा बढीको आवेदन परेकोले एक दिन अघि नै बिक्री बन्द गर्न लागेको हो ।

क्यापिटलले फागुन २८ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) को इकाई बिक्री खुला गरेको हो। क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरिमा सुवर्ण योजना नामको ओपन म्युचुअल फण्डको इकाई निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले  माघ २१ गते क्यापिटललाई योजना संचालनको अनुमति दिएको थियो ।   यस योजनाको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन भएको छ।

क्यापिटलले पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्न लागेको हो । जस मध्ये बिज पुंजी वापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई, र ९० लाख इकाई कोष प्रबर्दक गरिमा विकास बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ३ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन हुने छ। यस निष्काशनमा आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने छ।

नेपाली नागरिक, गैरआवासीय नेपाली, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै संचयकोष, कल्याणकारी कोष, गुठि, अक्षयकोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन्।

यो पनि : बिहीबारबाट निष्काशन हुँदै गरिमा सुवर्ण योजना, यस्ता छन् विशेषता

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...

कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु...

थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग...

नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड

हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी...

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...
spot_img