नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ३६ वटा सामुहिक लगानी कोष योजना मध्ये २३ वटाको शेयर मूल्य १० रुपैयाँ भन्दा कम छ । २०८१ मङ्सिर २० गते बिहीबारको अन्तिम कारोबारपछि २३ वटा म्युचुअल फण्डको इकाई मूल्य १० वा सो भन्दा कम रहेको हो ।
म्युचुअल फण्डहरुको अंकित मूल्य १० रुपैयाँ हुन्छ। अर्थात् इकाई निष्काशन गर्दा उनीहरुले प्रति इकाई १० रुपैयाँमा निष्काशन गरेका हुन्छन्। अहिले इकाईको मूल्य १० रुपैयाँ भन्दा तल झर्नु भनेको आईपीओ भर्दा १०० रुपैयाँ अंकित मूल्यमा भरेको शेयरको मूल्य १०० रुपैयाँ भन्दा तल झर्नु हो ।
६० प्रतिशत भन्दा धेरै म्युचुअल फण्डको मूल्य १० रुपैयाँ भन्दा कम रहेकोले म्युचुअल फण्ड खरिद गर्न चाहनेलाई यो उत्तम समय हुन सक्छ। किनभने अहिले यी फण्डको इकाई १० रुपैयाँको अंकित मूल्य भन्दा सस्तोमा पाइन्छ ।
नयाँ निष्काशन हुने फण्ड खरिद गर्नु भन्दा त्यो भन्दा सस्तोमा पाईने यी फण्ड खरिद गर्नु लाभदायक हुन सक्छ। साथै यी मध्ये कतिपयले नियमित लाभांश समेत दिइरहेकोले लाभांशबाट लाभ लिन सकिन्छ ।
हेर्नुस् कुन कुन फण्डको मूल्य १० रुपैयाँ वा सो भन्दा कम छ ?










