सेयर बजारका लगानीकर्ताहरुको संगठनका रुपमा पूँजी बजार तथा वित्त बजार संघ घोषणा भएको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघको वस्तुगत संघका रुपमा रहने गरि पूँजी बजार तथा वित्त बजार संघ घोषणा भएको हो ।
संघको संयोजकमा सागर ढकाल, उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई चयन भएका छन् । त्यस्तै सचिवमा डिल्लीराम पंगेनी चुनिएका छन् ।
साथै संघका सदस्यहरुमा संजिव ढकाल, वीरबहादुर तामाङ, तेजप्रसाद अर्याल, बुद्धिराज ढकाल, राजेश कार्की, दिपक अधिकारी, संगीता तिमल्सिना, अमृत खड्का र प्रकाश भुसाल चयन भएका छन् ।
संघको सल्लाहकारमा तिलक कोइराला, राधा पोखरेल, धर्म सापकोटा र राजकुमार तिमिल्सिना चुनिएका छन् ।
यो संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आधिकारिक संघ भएको बताइएको छ ।
संघले आगामी मंसिर अगाडि नै अधिवेशन गर्नुपर्ने उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए ।