आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय २८ रुपैयाँ ५० पैसा तोकिएको छ ।












