spot_img

राष्ट्र बैंकको कारवाहीमा परे ६ वटा लघुवित्त

spot_img

छ वटा लघुवित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन्। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रयमासमा यी लघुवित्तलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि लघुवित्त, एनआईसी एशिया लघुवित्त, विन नेपाल लघुवित्त र संजीवनी लघुवित्त रहेका छन् । यी मध्ये फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि लघुवित्त, र एनआईसी एशिया लघुवित्तलाई राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गरेको छ ।

फरवार्ड लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमकोशिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको हो ।

त्यस्तै धौलागिरी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमकोशिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको हो ।

मातृभूमि लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (ख) बमोजिमकोशिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको हो।

एनआईसी एशिया लघुवित्तले २०८२ असार मसान्तमा  न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमकोशिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको हो ।

बाँकी दुई लघुवित्तलाई भने राष्ट्र बैंकले नगद जरिवाना गरेको छ । विन नेपाल लघुवित्तले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि रु.५८।३८ नगद जरीवाना लगाइएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै संजीवनी लघुवित्तले २०८२ चैत, २०८३ बैशाख, जेठ र असार महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः रु.७१३।८८, रु.१,०६७।४०, रु.१,४१२।९१ र रु.१,४१०।७८ नगद जरीवाना लगाइएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SME लाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग महासंघको आग्रह

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...

सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा आरक्षण दिँदै सरकार

सरकारले बहालवाला सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा अरक्षण दिने भएको छ...

अपार्टमेन्ट किन्नेले जग्गाको स्वामित्व पाउँदैनन्, ऐनले भन्छ, ‘पहिला भत्किन देऊ’

नेपालमा अपार्टमेन्ट संस्कृति सुरु भएको लामो समय भइसक्यो ।...

सुनको भाउमा झिनो वृद्धि

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीका १०५ जनाको...