Saturday, June 20, 2026
spot_img

‘टंक दाहालले नबिल बैंकबारे भ्रम छरे’

spot_img
spot_img

केही दिनयता नबिल बैंकले ग्राहकहरुको विवरण मिडियालाई दिएको भन्ने भ्रम छरियो । टंक दाहाल नामक क्रियटरले कान्तिपुरको समाचारलाई लिएर फेसबुकमा लेख्दै नबिलले खाता र कारोबारको विवरण लिक गराएको भन्ने जस्ता विषय उल्लेख गरेका छन् ।

तर, यसको वास्तविकता भने फरक रहेको बैंकले जनाएको छ । सामाजिक सञ्जाल प्लेटफर्ममा नबिलले ग्राहकका कारोबार सम्बन्धि जानकारी चुहावट गराएको भन्ने आरोपमा गहिराईमा पुगेर हेर्ने हो भने कुनैपनि सत्यता देखिँदैन । किनकी, बैंकले सम्बन्धित व्यक्ति बाहेकलाई खाताको विवरणसमेत दिँदैन । बैंकिङ नियम अनुसार त्यसरी दिन मिल्दैन पनि ।

साथै, बैंकका कर्मचारीले पनि बिना कुनै प्रयोजन ग्राहकको विवरण हेर्न मिल्दैन । ग्राहकको विवरण हेर्नका लागि ग्राहक स्वयम् उपस्थित भएर परिचय खुल्ने कागजात देखाउनुपर्छ । त्यसरी माग गरिएको अवस्थामा पनि कुन कर्मचारीले कुन मितिमा कुन प्रयोजनका लागि विवरण हेरेको भन्ने जानकारी बैंकको सीबीएस (कोर बैंकिङ सिस्टम) मा सुरक्षित रेकर्ड रहन्छ । तर, यो तथ्यलाई नबुझी सामाचारको तथ्यलाई बङ्ग्याएर इन्फ्लुयन्सरले सामाजिक सञ्जालमा जथाभावी लेखिदिनाले बैंकमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ ।

टंक दाहालको फेसबुक स्टाटसः

जबकी, खातावाला ग्राहक स्वयम् बाहेककले त्यसरी अरुको विवरण लिन सक्ने अवस्था नै हुँदैन । यदि कुनै कारणले नियामक निकायले विवरण माग गरेको खण्डमा भने बैंकले उपलब्ध गराउँछ । त्यसको पनि स्पष्ट कारण र मिति सीबीएस सिस्टममा रेकर्ड रहन्छ ।

यो तथ्यलाई बुझ्न र कुनैपनि खालको भ्रममा नपर्न बैंकले आफ्ना ग्राहकहरुलाई विज्ञप्ति जारी गरेर अनुरोध पनि गरेको छ । साथै, भ्रम फैलाउने व्यक्ति उपर कानुनी उपचारमा जाने समेत बैंकले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img