Friday, April 24, 2026
spot_img
spot_img

५० करोडको आईपीओ ल्याउँदै जनता एग्रो, संस्थापक सेयर संकलनको काम सकियो

spot_img
spot_img

जनता एग्रे फरेष्ट्री लिमिटेडले संस्थापक सेयर संकलनको काम करिब करिब टुङ्ग्याएको छ । २ अर्ब ५० करोड चूक्ता पूँजी र ३ अर्ब अधिकृत पूँजी रहेको यो कम्पनीले संस्थापक सेयरधनी बन्न इच्छुक लगानीकर्ताबाट २ अर्ब रुपैयाँ संकलन गर्नेछ । यसमध्ये हालसम्म करिब ९५ प्रतिशत लगानी जुटिसकेको छ । अबको केही दिनमै संस्थापक सेयर संकलनको काम बन्द गर्ने योजनामा कम्पनी छ ।

कम्पनीका प्रबन्ध निर्देशक भोजबहादुर शाहका अनुसार कम्पनीले ५० करोडको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नेछ । पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो कषि कम्पनीका रुपमा रहेको जनता एग्रोले आगामी आर्थिक वर्ष २०८३/०८४ मा आईपीओ जारी गर्ने लक्ष्य राखेको छ ।

जनता एग्रो र यसका भगिनी कम्पनीसँग गरेर अहिले आफ्नै १६१ बिघा जमिनमा व्यवसायिक खेती भइरहेको छ । साथै, देशका विभिन्न ठाउँमा जग्गा भाडामा लिएर कम्पनीले व्यवसायिक खेती पनि अघि बढाइरहेको छ । झापामा ४ ठाउँ, अर्घाखाँचीमा एक ठाउँ, लमजुङमा एक ठाउँ र काभ्रेका एक स्थानमा व्यवसायिक खेती भइरहेको प्रबन्ध सञ्चालक शाहले जानकारी दिए । उनका अनुसार नवलपुरमा ५ बिघा र काठमाडौँको जर्सिङपौवामा १०० रोपनी जमिन भाडामा लिएर अहिले खेती सुरु भएको छ । यीमध्ये केही स्थानमा ‘पियोर अर्गानिक’ खेती भइरहेको छ ।

कम्पनीले काठमाडौँ र ललितपुरमा गरेर आफ्नै ७ वटा स्टोरसमेत सञ्चालनमा ल्याएको छ । साथै, भाटभटेनीका सबै आउटलेटमा जनता एग्रोका उत्पादन बिक्री भइरहेका छन् । सेल्सबेरी, ब्लुबेरी, बिगमार्ट जस्ता सुपरस्टोरहरुमा पनि जनता एग्रोले माटो र आशापुरी ब्राण्डमा उत्पादन गरेका कृषि उपजहरु बिक्री भइरहेका छन् । साथै, स्कुल तथा कलेजका क्यान्टिनहरुमा पनि यसका उत्पादनहरु पुगिरहेका छन् ।

आगामी आर्थिक वर्षभित्रमा आईपीओ निष्काशन गर्नका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । अहिले रेटिङको काम चालु अवस्थामा रहेको शाहको भनाइ छ ।

कम्पनीका सञ्चालहरुमा पवन गोल्यान अध्यक्ष छन् भने उपाध्यक्षमा राजेशकाजी श्रेष्ठ, प्रबन्ध निर्देशकमा भोजबहादुर शाह छन् । उपाध्यक्षमा राजेशकाजी श्रेष्ठसहित सञ्चालकहरुमा कमलेश कुमार अग्रवाल, केशब बहादुर रायमाझी, प्रेम लामा, परितोष पौड्याल, नरबहादुर कार्की र उपेन्द्र केशरी न्यौपाने रहेका छन् ।

कम्पनीमा हाल १५० जना कर्मचारी छन् । देशकै ठूलो कृषि कम्पनी बनाउने राखिएको बताउँदै शाहले अहिले करार खेतीको नमूना उदाहरणसमेत आफूहरुले प्रस्तुत गरिसकेको जनाएका छन् । अहिले देशका विभिन्न पालिकाहरुमा जनता एग्रोले सम्बन्धित पालिका र कृषक समूहसँग करार खेतीको सम्झौता नै गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

साँखुमा गोली चल्यो

साँखुमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रण लिने...

‘टंक दाहालले नबिल बैंकबारे भ्रम छरे’

केही दिनयता नबिल बैंकले ग्राहकहरुको विवरण मिडियालाई दिएको भन्ने...

सरकारको निर्देशनपछि सिडीएससीबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने नेप्सेको निर्णय

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सीडीएससीको संचालकबाट प्रविण पन्दाकलाई फिर्ता...

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराई नियुक्त...

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन सम्बन्धि बीमालेख

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा...

उद्योग वाणिज्य संघ काठमाडौँले भन्यो, ‘गोल्छालाई मानमर्दन हुने गरी हिरासतमा राखिनु दुःखद’

नेपाल उद्योग वाणिज्य काठमाडौँले उद्योगी–व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति...
spot_img