Friday, March 21, 2025
spot_img
spot_img

कमोडिटी एक्सचेन्ज लाईसेन्सबारे सर्वोच्चमा दायर मुद्दाको आजको पेशी स्थगित, अब सुनुवाई कहिले?

तत्काल वस्तु विनिमय बजार अर्थात् कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको आज आइतबारको लागि तोकिएको पेशी स्थगित भएको छ। आज २०८१ साउन १३ गतेको लागि यस मुद्दाको पेशी तोकिएको भए पनि आजको सुनुवाई स्थगित भएको हो।

अधिवक्ता रपिश पोखरेलले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै २०८० पुस २४ गते अधिवक्ता रपिश पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०८० पुस २९ गते सर्वोच्च अदालतका न्यायधीश डा. कुमार चुडाल एकल इजलाशले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो। साथी अन्तरिम आदेश नहुने आदेश भएको थियो।

वस्तु विनिमय बजार सम्बन्धि ऐन २०७४ मा उल्लेख भए बमोजिम कमोडिटी एक्सचेन्ज संचालनको लागि आवेदन माग गरिएको तर ऐनमा तोकिएको अवधि व्यतित भईसक्दा समेत कमोडिटी एक्सचेन्ज संचालनको लागि अनुमति प्रदान नभएकोले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको लागि आदेश दिनको लागि रिटमा माग गरिएको छ। अब यस मुद्दाको अर्को सुनुवाईको लागि २०८१ कार्तिक ११ गतेको पेशी तोकिएको छ।

धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज लाईसेन्सको लागि आवेदन माग गरेपनि अहिले पनि कुनै कम्पनीलाई लाईसेन्स दिएको छैन।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img