साताको अन्तिम दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ६४.६७ अंकले बढेर २८७७.०२ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर खरिद बिक्रीबाट २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ६७ करोड १६ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको ६६ करोड ९० लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिग मिल्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै सोलु हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशत तथा होटेल फरेस्ट इनको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ।
आज कारोबारमा आएका मध्ये नेपाल लाइफ समृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ५.१२ प्रतिशत घटेको छ । त्यस्तै एभरेष्ट बैंकक ऋणपत्रको शेयर मूल्य ४.३५ प्रतिशत घटेको छ भने महुली लघुवित्तको शेयर मूल्य २.९७ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका सबै समुहगत उपसूचक बढेका छन् । जस मध्ये विकास बैंक समूह सर्वाधिक ३.९५ प्रतिशत तथा वाणिज्य बैंक समूह ३.१६ प्रतिशत बढेको छ।












