Monday, July 13, 2026
spot_img

ग्राहकको केवाईसीमा लापरवाही गर्दा ३ वटा ब्रोकरलाई नगद जरिवाना, अदालत जाने बाटो खुला

spot_img

नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई नगद जरिवाना गरेको छ। बोर्डले बुधबार ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज, ब्रोकर नम्बर २८ श्री कृष्ण सेक्युरिटिज र ब्रोकर नम्बर ७२ हातेमालो फाइनान्सियल सर्भिसेसलाई आर्थिक जरिवाना गरेको हो।

ब्रोडले सिप्लालाई ५० लाख रुपैयाँ आर्थिक जरिवाना गरेको छ भने अन्य दुईलाई समान ३०/३० लाख जरिवाना गरेको छ। बोर्डका अनुसार  सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐनको व्यवस्था पालना नगरेकोले यो जरिवाना गरिएको हो ।

यी ब्रोकरले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७क. को उपदफा ४ को खण्ड (घ) र दफा ७ग. को व्यवस्था उल्लघन गरेकोले कारवाहीमा परेका हुन् ।

के छ दफा ७क  को उपदफा ४ को खण्ड (घ) मा ?

ऐनको दफा ७क मा संस्थाले ग्राहकको पहिचान गर्दा सहि रुपमा गर्नु पर्ने र सो को सम्पुष्टि गर्दा भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारी आधारमा गर्नु पर्ने उल्लेख छ । अर्थात् ब्रोकरले ग्राहकको पहिचान गर्दा सहि रुपमा नगरेकोले कारवाहीमा परेको देखिन्छ।  यो केवाईसी समबन्धि व्यवस्था उल्लघन गरिएको हो।

दफा ७क  को उपदफा ४ को खण्ड (घ) मा ग्राहक पहिचानबारे थप प्रष्ट व्यवस्था गरिएको छ ।  जसमा  ‘संस्थाले अन्य व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्ने भए जसका तर्फबाट त्यस्तो सम्बन्ध वा कारोबार गर्न खोजिएको हो निज तथा निजको तर्फबाट काम गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गर्ने र अख्तियारनामा सहितको कागजात लिनु पर्छ’ भनिएको छ।  तर ति ब्रोकर  कम्पनीले यी व्यवस्था पालना नगरेको देखिन्छ।

कतिपय अवस्थामा  शेयर कारोबार गर्दा एउटा व्यक्ति/संस्थाको नाममा ब्रोकर खाता खोलेर अर्कै व्यक्ति /संस्थाले कारोबार गरिरहेको हुन्छ । यस्तो अवस्थामा जसको नामबाट कारोबार गर्न खोजिएको हो, ति व्यक्ति/संस्थाको पहिचान तथा सम्पुष्टि गर्ने र अख्तियारनामा सहितको कागजात लिनु पर्छ । सो नगरेकोले यी ब्रोकर कारवाहीमा परेका हुन् ।

के छ दफा ७ग मा ?

त्यस्तै बोर्डले यी ब्रोकरले दफा ७ग पनि उल्लघन गरेको भनेको छ। यो दफामा पनि वास्तविक धनीको पहिचान गर्नु पर्ने व्यवस्था छ।  जसमा भनिएको छ ‘सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्नेछ । सूचक संस्थाले कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार सम्बन्धी काम कारबाही गरे वा नगरेको सम्बन्धमा यकिन गर्नु पर्नेछ।’

यसरी यकिन गर्दा कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेको देखिएमा सूचक संस्थाले त्यस्तो व्यक्तिको पहिचान तथा सोको सम्पुष्टि सम्बन्धमा दफा ७क. को उपदफा (४) को खण्ड (घ) बमोजिम उपाय अपनाउनु पर्नेछ भनिएको छ । जुन माथि उल्लेख गरिएको व्यवस्था हो ।

दफा ७फ़ को उपदफा १ को खण्ड (ख) बमोजिम कारवाही 

माथि भनिएको कसुर गरेकोले ति ब्रोकरलाई  बोर्डले दफा ७फ़ को उपदफा १ को खण्ड (ख) बमोजिम कारवाही गरेको हो । दफा ७फ़ मा संस्थालाई कारवाही गर्न सक्ने व्यवस्था छ । दफा ७फ़ को उपदफा १ को खण्ड (ख) मा  ‘ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको सोको गाम्भीर्यका आधारमा क्यासिनो तथा वित्तीय संस्थालाई दश लाखदेखि पाँच करोड रुपैयाँसम्म र अन्य सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयाँसम्म जरिबाना गर्न सकिने  उल्लेख छ । ब्रोकर पनि वित्तीय संस्थाको परिभाषा भित्र पर्छन्। उनीहरुलाई ५ करोडसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ, तर बोर्डले भने गम्भीरताको आधारमा ५० लाखसम्म मात्र जरिवाना गरेको छ ।

कसुरको गाम्भीर्यताको आधारमा जरिवाना रकम भने  धितोपत्र बोर्डले नै तोकेको हो । सिप्लाको कसुर अन्य दुईको ब्रोकरको तुलनामा बढी गम्भीर प्रकारको भएकोले बोर्डले सिप्लालाई ५० लाख जरिवाना तोकेको हो । अन्य दुई ब्रोकरको कसुर सिप्लाको तुलनामा कम गम्भीर भएकोले ३० लाख जरिवाना तोकेको हो ।

ब्रोकर यस्तो कसुर पटक पटक गरेमा ब्रोकरको लाईसेन्स नै खारेज गर्न सक्नेसम्मको व्यवस्था छ । यस्तो कसुर संस्थाको कुनै पदाधिकारी वा कर्मचारीले गरेको भए ति पदाधिकारी वा कर्मचारीलाई पनि कारवाही गर्न वा पदबाट हटाउनसम्म सक्ने व्यवस्था छ । तर बोर्डले भने कम्पनीलाई मात्र कारवाही गरेको छ ।

अदालत जान सक्छ ब्रोकर 

अब ब्रोकर कम्पनीलाई बोर्डले गरेको जरिवाना चित्त नबुझेमा वा आफुले कसुर गरेको छैन जस्तो लागेमा अदालत जान सक्ने छ। बोर्डले गरेको कारवाही वा सजाय चित्त नबुझे ब्रोकर कम्पनीले उच्च अदालत समक्ष पुनरावेदन दिन सक्ने छ। अदालतले कारवाही वा सजाय घटाउन/बढाउन वा बदर गर्न पनि सक्ने छ।

पुराना ब्रोकरबाट यस्तो कसुर हुनु गम्भीर 

शेयरबजारका जानकारहरु भने पुराना ब्रोकर कम्पनीबाट यस्तो गल्ति हुनु गम्भीर विषय रहेको बताउछन्। नयाँ ब्रोकरहरुलाई थाहा नहुने, काम गर्दै जाँदा सिक्ने भनेर एक पटकको लागि उदार हुन सकिने भएपनि वर्षौदेखि काम गर्दै आएका पुराना र अनुभवी ब्रोकरबाट यस्तो गल्ति हुनु गम्भीर विषय रहेको बजारका एक जानकारले बताए। नेपाल अहिले सम्पति सुद्धिकरणको ग्रे लिस्टमा रहेकाबेला यस्ता गतिविधिले देश ग्रे लिस्ट बाहिर निस्कनको लागि झन् कठिन हुन सक्ने उनको भनाई छ। यद्यपि समयमा पहिचान भएर बोर्डले कारवाही गरेको विषय भने स्वागतयोग्य रहेको र अब अरु ब्रोकरले यसमा विशेष ध्यान पुर्याउने उनको अपेक्षा छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबकम निःशुल्क कक्षा

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल...

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका...

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...
spot_img