नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज अपि पावर, सोल्टी होटेल र भगवती हाइड्रोक बोनस शेयर सूचीकृत भएको हो ।
आज अपि पावरको ५ प्रतिशतले हुन आउने ३० लाख ३७ ९ सय ६३ दशमलव ९१ कित्ता बोनस शेयर, सोल्टी होटेलको १५ प्रतिशतले हुन आउने १ करोड ५३ लाख २८ हजार ९ सय ८५ कित्ता बोनस शेयर र भगवती हाइड्रोको १४ प्रतिशतले हुन आउने ८ लाख ३२ हजार ९ सय २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।













