Monday, May 4, 2026
spot_img
spot_img

सगरमाथा जलविद्युत कम्पनीको ७२ लाख कित्ता बढी शेयरको लकइन अवधि सकिँदै

spot_img
spot_img

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ चैत्र १६ गते समाप्त हुने भएको छ ।

कम्पनीमा संस्थापकले धारण गरेको ५९ लाख ८३ हजार ३ सय २० कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ११ लाख ७३ हजार २ सय कित्ता र कम्पनीका कर्मचारीसँग रहेको १ लाख ३७ हजार २ सय ६४ कित्ता गरि कुल ७२ लाख ९३  हजार ७ सय ८४ कित्ता शेयरको लकइन अवधि आगामी चैत्र १६ गते समाप्त हुन लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक,  र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीका संचालक  र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २...

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि...

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...
spot_img