Monday, May 4, 2026
spot_img
spot_img

आईपीओको ओपनिङ रेन्ज परिवर्तन गरेपछि धितोपत्र बोर्डले नेप्सेसँग माग्यो जवाफ

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले वर्षौंदेखिको अभ्यास विपरित रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको ओपनिङ रेन्ज तोकेपछि धितोपत्र बोर्डले यसबारे नेप्सेसँग जवाफ माग गरेको छ। नेप्सेले रेन्ज तोकेको भोलिपल्ट नै धितोपत्र बोर्डले यसबारे नेप्सेसँग जवाफ माग गरेको हो।

धितोपत्र बोर्डले नेप्सेलाई पठाएको पत्रमा कुन कुन आधारमा रही के कति कारणले यस अघि भन्दा फरक हुने गरि ओपनिङ रेन्ज प्रदान गरिएको हो सो को जवाफ पठाउन भनिएको छ। नेप्सेले सो को जवाफ यो समाचार तयार पार्दासम्म भने बोर्डमा पठाएको छैन । नेप्सेले आज शुक्रबार अथवा आगामी आइतबार जवाफ पठाउने तयारी गरेको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले वर्षौंदेखिको अभ्यास विपरित रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको ओपनिङ रेन्ज तोकेपछि शेयरबजार तरंगित बनेको छ । नेप्सेले यी दुबै कम्पनीको कारोबारको लागि अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज तोकेको हो। यस अघि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज तय हुँदै आएको थियो।

अब सूचीकृत हुन आउने कम्पनीको हकमा पनि यहि नियम अर्थात् नेटवर्थ पोजेटिभ भएमा अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने नेप्सेले जनाएको छ। नेथ वर्थ नेगेटिभ भएमा भने नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने नेप्सेले उल्लेख गरेको छ ।

तर यसरी अंकित मूल्यको आधारमा ओपनिङ प्रदान गर्दा लगानीकर्तादेखि ब्रोकर, नेप्से, सेबोन, र नेपाल सरकारसम्मलाई घाटा हुने देखिएको छ ।

यस अघि : रिलायन्सको कारोबार ३ सयमा खोल्दा लगानीकर्तादेखि ब्रोकर, नेप्से, सेबोनसम्मलाई घाटा

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय...

‘अहिले मुलुकसामु अभूतपूर्व अवसर आएको छ, अब लगानी बढाउने हाम्रो मुख्य ध्येय हुनुपर्छ’

चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल...
spot_img