सिक्लेस हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

सिक्लेस हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मङ्सिर  १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले मङ्सिर २९ गते पोखराको घारीपाटन स्थित आभ्या क्लबमा साधारणसभा बोलाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले  आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजिको १५ प्रतिशतले हुन आउने  १२ करोड ७५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको बार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

साथै बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १:१ ( एक बराबर एक) अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...