Monday, July 6, 2026
spot_img

यी हुन् अपि पावर लिमिटेडमा एक लाख कित्ता भन्दा धेरै शेयर हुने संस्थागत लगानीकर्ता

spot_img

अपि पावर लिमिटेड नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी मध्ये चुक्ता पुँजीको आधारमा निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको छ।

कम्पनीले पछिल्ला ९ वर्ष मध्ये ८ वटा वर्षमा लगानीकर्तालाई लाभांश दिएको छ। साथै आफ्नो लगानी विविधिकरण गर्दै हाइड्रो र सोलार बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्दै आफ्नो लगानीलाई विविधिकरण गरिरहेको छ।

कम्पनीको ठूला संस्थागत लगानीकर्तामा वाणिज्य बैंक, जीवन बीमा कम्पनी, विकास बैंक, म्युचुअल फण्ड, मर्चेन्ट बैंक, इन्भेष्टमेन्ट कम्पनी रहेका छन् । अपि पावरमा एक लाख कित्ता भन्दा धेरै शेयर हुने संस्थागत लगानीकर्ताको संख्या १८ रहेको छ।

अपि पावरको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता माछापुच्छ्रे बैंक हो। माछापुच्छ्रे बैंकसँग अपि पावरको ८ लाख ५६ हजार ३ सय २३ कित्ता शेयर छ। जुन माछापुच्छ्रे बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा पनि उल्लेख गरिएको छ।

माछापुच्छ्रे बैंकपछि अपि पावरको ठूलो संस्थागत लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स हुन् । यी कम्पनीसँग अपि पावरको क्रमश ४ लाख ६८ हजार ६ सय ९३ र ४ लाख ६५ हजार ९ सय ७५ कित्ता शेयर रहेको छ। त्यसपछि अपि पावरको ठूला संस्थागत लगानीकर्तामा अरुण काबेली पावर र गरिमा विकास बैंक रहेका छन् ।

अपि पावरमा ३८० वटा भन्दा बढी संस्थागत लगानीकर्ता रहेका छन् भने संस्थागत लगानीकर्तासँग कम्पनीको करिब १४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

हेर्नुस् अपि पावर लिमिटेडमा १ लाख कित्ता भन्दा धेरै शेयर हुने संस्थागत लगानीकर्ताको सूची : 

माछापुच्छ्रे बैंक – ८ लाख ५६ हजार ३ सय २३ कित्ता

नेपाल लाइफ इन्स्योरेन्स – ४ लाख ६८ हजार ६ सय ९३ कित्ता

नेशनल लाइफ इन्स्योरेन्स – ४ लाख ६५ हजार ९ सय ७५ कित्ता

अरुण काबेली पावर- ३ लाख ६० हजार ६ सय २१ कित्ता

गरिमा विकास बैंक – ३ लाख १० हजार ९ सय ३३ कित्ता

सुर्य ज्योति लाइफ इन्स्योरेन्स- ३ लाख ७ सय ६१ कित्ता

सिद्धार्थ सिस्टमेटिक इभेष्टमेन्ट स्किम – २ लाख ४३ हजार ९ सय ३४ कित्ता

प्रभु सेलेक्ट फण्ड – २ लाख २ हजार ३ सय १० कित्ता

सिद्धार्थ इक्विटी फण्ड – १ लाख ९७ हजार ७ सय ३४ कित्ता

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २- १ लाख ९६ हजार ५४ कित्ता

सिद्धार्थ इन्भेष्टमेन्ट गोर्थ स्किम ३ – १ लाख ६१ हजार कित्ता

कृषि विकास बैंक – १ लाख ४९ हजार ५ सय २ कित्ता

एमबिएल इक्विटी फण्ड – १ लाख ४१ हजार ३४ कित्ता

सानिमा बैंक- १ लाख ३० हजार ४ सय ४३ कित्ता

प्रभु स्मार्ट फण्ड – १ लाख २४ हजार १ सय ७९ कित्ता

प्रभु सेलेक्ट फण्ड – १ लाख ७ हजार ९२ कित्ता

आर्शा इन्भेष्टमेन्ट – १ लाख ४ हजार ९ सय ५५ कित्ता

नेशनल क्यापिटल – १ लाख ४ हजार २ सय २६ कित्ता

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...
spot_img