नेपाल स्टक एक्सचेन्ज नेप्सेले हालको नेप्से अनलाइन ट्रेडिङ सिस्टमको सपोर्ट र मेन्टेनेन्सको लागि पुन: ठेक्का आह्वान गरेको छ। यस अघि अगस्त १ मा आह्वान गरिएको ठेक्का रद्द भएपछि फेरि ठेक्का आह्वान भएको हो ।
नेप्सेले परामर्श सेवा अन्तर्गत अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को लागि योग्य तथा इच्छुक कम्पनीहरुसंग आज आशयपत्र माग गरेको हो।
नेप्सेले नोभेम्बर १४ तारिखको दिउँसो १२ बजेसम्ममा आशयपत्र पेश गर्न भनेको छ। कम्पनीका मुख्य एक्स्पर्टको योग्यता, कम्पनीको अनुभव र कम्पनीको क्षमाताको आधारमा आशयपत्रको मुल्यांकन हुने छ। जसमा कम्पनीका मुख्य एक्स्पर्टको योग्यतालाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ५० प्रतिशत र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकभार दिईने छ। आशयपत्र छनौट हुनको लागि कम्तिमा ६० प्रतिशत अंक ल्याउनु पर्ने छ ।
आशयपत्र छनौट भएका मध्ये उत्कृष्ट ६ कम्पनीसंग नेप्सेले प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। ति मध्येबाट नेप्सेले एउटा कम्पनीलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को जिम्मा दिने छ ।











